नेकपाको नामसम्बन्धी सर्वोच्चले आज फैसला गर्दै



  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामसम्बन्धी सर्वोच्च अदालतले आज फैसला गर्दैछ । न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले फैसला गर्न लागेको हो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकीकरण भएपछि आफ्नो पार्टीसँग मिल्दो नाम राखेको भन्दै ऋषिराम कट्टेलले २१ मंसिर २०७५ मा निर्वाचन आयोगमा मुद्दा दर्ता गरेका थिए । आयोगले कट्टेलको पार्टीको नामको छोटकरी रुप (ने. क. पा.) भएकाले केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पार्टीलाई (नेकपा) बनाएर दर्ता गर्न दिएको थियो । आयोग स्रोतका अनुसार अदालतले कट्टेलको पक्षमा फैसला ग¥यो भने ओली–प्रचण्डले पार्टीको नाम फेर्नुपर्ने हुन्छ । गत शुक्रबार बसेको न्यायाधीश श्रेष्ठ र रेग्मीको इजलासले आइतबारलाई निर्णय सुनाउने दिन तोकेको हो ।दृष्टिन्युजवाट ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *