महिलाहरु अझैपनि अधिकारको पखाईमा 


  • महिलाहरु अझैपनि अधिकारको पखाईमा 

    काठमाडौं । १११ औं अन्तराष्टिय श्रमिक महिला दिवसको अवसरमा बुढानिलकण्ठ नगरपालिकाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । नगर उप प्रमुख रमा देवि राईको अध्यक्षता तथा उधोग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बिमला बिकको विशेष अतिथिमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्ने सहभागीहरुले महिला हिंसा अन्त्यका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताए । सहभागीहरुले नीतिगतरुपमा भएका व्यवस्थाहरुको कार्यान्वयनमा जोड दिए । युरोपको सुति कारखानामा काम गर्ने महिला र पुरुषको ज्यालमा अन्तर भएपछि अधिकार माग्दा हत्या गरियो । त्यसपछि आजकै दिनलाई श्रमिक महिला दिवसका रुपमा मनाउन सुरु गरिएको हो । नेपालमा पनि महिला अधिकारका लागि अग्रज महिला नेत्रीहरुले संघर्ष गर्नु परेको उल्लेख गर्दै राज्यमन्त्री विकले अझै पनि पुरुषवादी सोच हावी भएको बताउनुभयो । नेपालको संविधानले विभिन्न ठाँउमा महिलाको प्रतिनिधित्व गर्न अधिकारको सुनिश्चितता गरेको उहाँको स्पष्ट भनाइ छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *