स्थायी कमिटीको बैठकसंगै एमाले–माओवादी छुट्टिने निर्णयमा


  • स्थायी कमिटीको बैठकसंगै एमाले–माओवादी छुट्टिने निर्णयमा
  • काठमाडाैँ । प्रचण्ड–माधव समूहको पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले एमाले–माओवादी छुट्टिने निर्णय गरेको छ । सर्वोच्च अदालतको आदेशपछि संंकटमा परेका प्रचण्ड–माधव पक्षले एमाले र माओवादी अलग अलग भएर जाने निर्णय गरेका हुन् । अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र व्युँतिएकाले सोही बमोजिम छुट्टिने निर्णय गरेको बरिष्ठ नेता झलनाथ खनालले बताए । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई दिएपछि प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेकपा खारेज भएको हो । अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई ब्युँताइदिएको छ । यता, माधव समूहले एमाले मै गएपनि संघर्ष जारी राख्ने बताएको छ । केपी शर्मा ओली नेतृत्वको तत्कालीन नेकपा (एमाले)का १२० प्रतिनिधि सभा सदस्यमध्ये अहिले नेपाल समूहसँग ४० जना सांसद छन् भने थप दुई जना पनि आफूहरूतिर आउने उनीहरूको दाबी छ । त्यस्तै नेकपा एमालेको साबिकको केन्द्रीय समितिमा पनि नेपाल समूह झन्डै बराबरीको हैसियतमा छ । दृष्टिन्युज

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *