आइपिएलका बाँकी खेल युएईमा हुने


  • आइपिएलका बाँकी खेल युएईमा हुने

    एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ का बाँकी खेल संयुक्त अरव इमिरेट्स (युएई) मा हुने भएको छ । द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) ले औपचारिक रुपमा आपिएलका बाँकी खेल युएइमा गर्ने निर्णय गरेको छ । गत वैशाखमा २१ मा एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आइपिएल अनिश्चितकालको लागि स्थगित हुन पुगेको थियो ।
    नयाँ तालिका अनुसार आइपिएलबा बाँकी खेल आगमी सेप्टेम्बर अक्टोबरमा हुने छ । आइपिएल टि२० विश्वकप अघि हुने छ । भारतमा हुने भनिएको टि२० विश्वकप पनि युएईमा हुने उच्च सम्भावना छ । विश्वकप अक्टोबर तेस्रो सातादेखि नोभेम्बर १४ सम्म हुने कार्यतालिका छ । यस आइपिएल नभएमा बिसिसिआईलाई कम्तिमा पनि २ हजार २ सय करोड भारु घाटा लाग्ने छ । विश्वकप अघि आइपिएलका खेल हुँदा स्टार विदेशी खेलाडी भने कम हुने सम्भावना छ । अष्ट्रेलिया र इंग्ल्यान्डका खेलाडीले यस सिजनको बाँकी खेलहरु नखेल्ने लगभग निश्चित जस्तै बनेको छ । अन्य देशका खेलाडी पनि सहभागिता जनाउने सम्भावना न्यून छ । फिटनेश, क्वारेनटाइ र विश्वकप तयारीको कारण धेरै विदेशी खेलाडीहरुले नाम फिर्ता लिने सम्भावना प्रबल छ । आइपिएल युएईमा तेस्रो पटक हुन लागेको हो । गत संस्करण कोरोना महामारीको कारण सबै सिजन युएईमा सफलता पूर्वक सम्पन्न भएको थियो । २०१४ मा भारतमा आम निर्वाचनको कारण आइपिएलका केहि खेल भएका थिए । हाम्रो खेलकुदबाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *