सोती घटनाको पोष्टमार्टम रिपोर्टः टाउको, हातखुट्टा र छातीमा चोट


  • सोती घटनाको पोष्टमार्टम रिपोर्टः टाउको, हातखुट्टा र छातीमा चोट

    प्रवीर ददेल, रुकुम तीन वर्षपहिले सुरु भएको प्रेमयात्रा  कै कारण रुकुम पश्चिमको चौरजहारीमा जेठ १० शनिवार घटेको घटनामा मारिएका ५ युवाको पोष्टमार्टम जाजरकोट अस्पतालमा गरिएको छ । पोष्टमार्टम रिपोर्टले उनीहरुको मृत्यु कुटपिटबाट भएको देखीएको चिकित्सकले वताएका छन । मृतक सबैको टाउको, अनुहारसहित शरीरका विभिन्न अंगमा चोट देखिएको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक धर्मसिंह बिष्टले जानकारी दिए। ‘मृतकहरुको टाउको, हातखुट्टा, छाती र पिठ्युँमा चोटपटक लागेको देखिन्छ, नदीमा बगे पनि उनीहरुको पेटमा पानी भरिएको छैन।’ पोष्टमार्टममा संलग्न एक चिकित्सकले भने नदीमा डुबेर मृत्यु भएका मानिसले पानी खाएर पेट फुलेको हुनुपर्छ। तर, रुकुम घटनामा मारिने कुनै पनि युवामा पेट फुलिएको नदेखिएको पोष्टमार्टम रिपोर्टले देखाएको छ।’ यसको अर्थ ती युवाहरुको मृत्यु पानीमा डुवेर नभएको पनी हुन सक्ने उनले वताए । रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीकी मल्ल थरकी एक १७ वर्षिया किशोरीसँगको प्रेम सम्बन्धमा रहेका जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विकसहित पाँच युवाको गाउँलेले कुटेर हत्या गरेको पीडित पक्षले आरोप लगाएता पनी प्रहरी अनुसन्धान भने चलिरहेको छ । घटना १० जेठको हो। सोही दिनदेखि एक युवा अझै बेपत्ता छन्। जेठ १० शनिवार घटेको घटनामा मृत्यु हुनेहरु नवराजसँगै गणेश बुढा, सन्दीप विक, लोकेन्द्र सुनार र टीकाराम सुनारको शव भेरी नदीमा फेला परिसकेको छ भने सोही दिनदेखी एक युवा गोविन्द शाही अझै बेपत्ता छन् । घटनाको विषयलाई लिएर देशका विभिन्न स्थानहरुमा समेत विरोध प्रर्दशन समेत भैरहेको छ । जाजरकोट अस्पतालले मृतकको शरीरका विभिन्न नमुना भिसेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला सामाखुसी काठमाडौंमा पठाएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *