संविधान संशोधनको पक्षमा मतदान गर्न सांसदहरुलाई कांग्रेस केन्द्रीय समितिको निर्देशन


  • संविधान संशोधनको पक्षमा मतदान गर्न सांसदहरुलाई कांग्रेस केन्द्रीय समितिको निर्देशन

    काठमाण्डौ १७ जेष्ठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न संसदहरुलाई निर्देशन दिएको छ। शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले संशोधनका पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी नेपाल सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको प्रवक्ता शर्माले जानकारी दिए। संशोधनका पक्षमा कांग्रेस नेतृत्वले सहमति गरे पनि बुधबार संसदमा पेस गर्ने भनेको संशोधन प्रस्ताव कांग्रेसले समय मागेकै कारण रोकिएको थियो। शुक्रबार कांग्रेस संसदीय दलको बैठक बसेर संशोधनका पक्षमा उभिने निर्णय गरेको थियो।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *