थप १ सय ८९ संक्रमित संगै कोरोना संक्रमितको संख्या १ हजार ४०१

काठमाण्डौ १७ जेष्ठ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४०१  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा थप १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।

शनिबार मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा   प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार ४०१ पुगेको जनाए । कुल कोरोना संक्रमण देखिने जिल्ला ५३ पुगेको छ ।

यस्तै शनिबार सम्म कोरोना संक्रमण बाट निको भएर घर जानेको संख्या २ सय १९ पुगेको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *