कोरोना संक्रमणबाट दैलेखमा एक जनाको मृत्यु

दैलेख १७ जेष्ठ ।

दैलेखको दुल्लु नगरपालिका–११ का क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षिया युवकमा कोरोना पोजेटिभ देखिएको छ । गत जेठ ७ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका युवकको शनिबार बिहान मृत्यु भएको थियो ।
जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा युवकमा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले बताए । ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान कोरोना पोजेटिभ भएको जानकारी दिएको छ ।’ उनले भने,‘कोरोना परीक्षणका लागि स्वाव १५ गते नै लगिएको थियो ।
३५ वर्षीय ती युवकको कोरोना पुष्टि भएको नगर प्रमुख घनश्याम भण्डारीले बताए । ‘जेठ १५ गते उनको स्वाव परीक्षणका जुम्ला पठाएका थियौं ।’ उनले भने,‘परीक्षणमा उनको कोरोना संक्रमण भेटिएको छ ।’
कोरोना संक्रमणका कारणले मृत्यु भएका युवकको शव कसरी व्यवस्थापन गर्ने भन्ने बिषयमा जिल्ला प्रशासन कार्यालयसँग छलफल भइरहेको नगर प्रमुख भण्डारीले जानकारी दिए ।
भारतदेखि आएका कारण उनीसहितको टिमलाई विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाईनमा राखिएको थियो । शनिवार बिहान क्वारेन्टाइनमा मृत्यु भएपछि पुनः उनको स्वाब परीक्षणको लागी सुर्खेत ल्याइएको छ । तर पछिल्लो नतिजा आइपुगेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *