सरकारले थप गर्यो चाडपर्व बिदा
काठमाडौं । सरकारले चाडपर्व बिदा थप गरेको छ । वि.स २०७८ मा विगतमा भन्दा चार दिन बिदा दिने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको हो ।गृह मन्त्रालयको प्रस्तावअनुसार जनैपूर्णिमा, दशैंको घटनास्थपना र माघे संक्रान्तिमा समेत मुलुकभरी विदा दिने निर्णय ५ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले गरेको हो । साथै तिहारको भोलिपल्ट पनि विदा थप गरिएको छ । विगतमा तिहारमा तीन दिन विदा दिने गरिएकोमा आगामी वर्ष चार दिन हुने भएको छ ।