अडियो/भिडियो

सितारामको 'मनको मैलो'मा रिमा (भिडियो)

राम सापकोटा /काठमाडौं : दुई सय बढी गीतमा स्वर दिईसकेका वरिष्ट गायक तथा गीतकार सिताराम पोख्रेलको नयाँ गीत मनको मैलो मेटिदेउ….. बोलको गीतको भिडियो सार्वजनिक भएको छ । विशुद्ध पारिवारिक साथै मर्म स्पर्शी कथालाई समेटिएको यो गीतमा नेपाली चलचित्र उध्योगकी चर्चित नायिका रिमा विश्वकर्मा र गायक पोख्रेल लिड भुमिकामा देखिएका छन । आयुसी ढकाल वाल कलाकारको भुमिकामा देखिएको यो गीतमा वेली डान्सर हेमा श्रेष्ठको गज्जवको अभिनय हेर्न सकिन्छ । व्यापार

यसरी नयाँ बन्दै छ लाप्राकFeatured Video Play Icon

आश्विन २५, २०७४-भूकम्पले क्षतविक्षत बनाएको गोरखाको लाप्राक काँचुली फेर्ने तरखरमा छ । पुरानो बस्ती पुरै चिराचिरा परेपछि गुप्सीपाखामा सारिएको बस्ती बन्दै गरेका घरले निकट भविष्यमै काँचुली फर्ने छ । गैर आवासीय नेपाली संघको पहलमा बन्न लागेको पुरै वस्ती निर्माण भइसकेपछि भूकम्प पीडितलाई वितरण गरिने संघका अध्यक्ष शेष घलेले जानकारी दिएका छन् । युद्धस्तरमा निर्माणको काम भइरहेको त्यस वस्ती गैर आवासीय नेपाली संघलाई नेपाली सेनाले निर्माणको काममा सघाएको छ । गुरुङ

ठाउँ–ठाउँमा मण्डलाFeatured Video Play Icon

कार्तिक ७, २०७४-पाटनको थ्याका युवा पुच:ले न्हूदँ नयाँ वर्ष नेपाल संवत् ११३८ को उपलक्ष्यमा मण्डला बनाएको छ । सर्वसाधारणलाई मण्डलाको महत्त्वका बारेमा जानकारी दिन नकबहिलस्थित मूल डबलीमा मण्डला बनाइएको पुच:ले जनाएको छ । ‘संस्कृत शब्द मण्डलादीबाट उत्पत्ति भएको मण्डल नेपाल भाषामा मण्ड: र अंग्रेजीमा मण्डला भनिन्छ,’ मण्डला विशेषज्ञ प्रचण्ड शाक्य भन्छन्, ‘नेपाल भाषामा मण्ड: भनेको ज्ञान र लादी भनेको सार रहेको मण्डला हो ।’ सर्वप्रथम बुद्धले शिष्य आनन्दलाई ‘ह्वील अफ

मुढा बेचेर मनग्य आम्दानीFeatured Video Play Icon

कार्तिक ७, २०७४-३७ बर्षिय युवा वुद्धिमान राईले बाासबाट बुनेको मुडा बेचेर मनग्य आम्दानी लिन थालेका छन् । उनले बार्षिक एक लाख बराबरको मुडा बिक्रि गर्छन् । न्युनस्तरको पारिवारिक पृष्ठभुमीका ५ जनाको परिवारलाई जिविका चलाउन र छोराछोरीलाई पढाइखर्च धान्न सहज बनेको छ । आर्थिक अवस्था कमजोर भएका कारण १२ बर्षसम्म भारतको कोइखातमा कोइला खन्ने मजदुरी गरेका थिए । अढाईबर्ष साउदीमा काम गरेर फर्किए । उनले मुडा बुन्न थालेको ३ बर्ष बितेको

लुम्बिनीमा सरसफाईFeatured Video Play Icon

कार्तिक १२, २०७४-बुद्धस्थल लुम्बिनीमा सरसफाई गरिएकोछ । लुम्बिनीस्थित सशस्त्र प्रहरी बेसको अगुवाईमा नेपाल प्रहरीसमेतको सहयोगमा ३ दिनसम्म सरसफाई गरि सुग्घर बनाइएको छ । लुम्बिनीको मुख्य प्रवेशद्वार लोटस पोखरीदेखि मायादेवी मन्दिर गेटसम्म सरसफाई गरी मनोरम र आकर्षक बनाइएकोछ । लुम्बिनीस्थित लोटस पोखरीबाट १६ ट्रयाक्टर फोहर निकालेर सुन्दर बनाइएको छ । पोखरी मनोरम बनेको छ । एक किमी ४ सय मिटर केन्द्रिय नहर आसपासका फोहर बढारेर फालिएको छ । त्यस्तै, बेबी बुद्धको