जीवनशैली

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु,३ वर्षीया बालिकाको अवस्था गम्भीर

काठमाडौं । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार सर्लाहीको बागमती नगरपालिका–५ पस्थत गाजलीचोकमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा गणेश कार्कीको मृत्यु भएको हो । दुर्घटनामा ३ वर्षीया एक बालिकासहित तीनजना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा हरिवनस्थित सरस्वती अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक कार्की एमालेको बागमती नगर कमिटीका सचिवालय सदस्य हुन् । त्यस्तै मोटरसाइकलमा सवार ३२ वर्षीय मुकेशकुमार

मट्टीतेल छर्केर आगो लगाएकी महिलाको मृत्यु

दार्चुला । दार्चुलामा मट्टीतेल छर्केर आगो लगाएकी महिलाको मृत्यु भएको छ। आइतबार जिल्लाको शैल्यशिखर नगरपालिका- ५ सेतकलाकी ४५ वर्षीया सुना साउँदले घरमा कोहि नभएको बेला आफ्नै शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्। उनको गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी लैजाने क्रममा बैतडीको पाटन पुग्ने बेला मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। घाइते साउँदको शरीरको घुँडाभन्दा माथिल्लो भाग जलेको थियो। आगो

काठमाडौं आउँदै गरेको बस धादिङमा पल्टिदा २६ जना घाइते, ३ को अवस्था गम्भिर

काठमाडौं । धादिङको हुग्दीखोलामा सवारी दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । बेनिघाट रोराङ ९ हुग्दीखोलास्थित पृथ्वी लोकमार्गमा तुल्सिपुरबाट काठमाडौं आउँदै गरेको वाग्मती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस शनिबार बिहान ४ः४५ बजे आफै अनियन्त्रित भई सडकको दाहिने किनारातर्फ पल्टिएको हो । बिहान करिब ५ बजे भएको दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए। अन्य

वैदेशिक रोजागारमा जानेको संख्या बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ४०.३ प्रतिशतले बढेको जनाएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको जनाएको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा

देशभर डेंगु संक्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौं । देशभर डेंगु संक्रमितको संख्या बढ्दै गएको छ । हालसम्म दश हजार ७ सय २६ जनामा डेंगु संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।  महाशाखाले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार डेंगु संक्रमणबाट सात जनाको मृत्यु भएको छ । अघिल्लो वर्ष २०२२ मा ५४ हजार सात सय ८४ जनामा संक्रमण र ८८ जनाको मृत्यु भएको थियो । संक्रमण देखिएकामध्ये सबैभन्दा बढी सुनसरीमा भेटिएको छ ।

गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा पाल्पामा तीन जना घाइते

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा आज (सोमबार) बिहान गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा तीन जना घाइते भएका छन् । बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु २ च २८४९ नम्बरको जिपलाई ढुङ्गा च्याप्दा तीन जना घाइते भएका हुन् । घाइते हुनेमा तानसेन नगरपालिका–१४, अर्गलीका ४० वर्षीय दिलीप न्यौपाने, सुद्धोधन गाउँपालिका रुपन्देहीका चालक ३२ वर्ष विवेक कार्की र नवलपुर त्रिवेणीका २४ वर्षीय चन्दन कार्की रहेको प्रहरीले जनाएको छ । घाइते तीन

उत्तर प्रदेशको श्रावस्तीमा गाईसँग कार ठोक्किँदा नेपालगन्जका ६ जनाको मृत्यु

भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा परी नेपालगन्जका दुई परिवारका ६ जनाको मृत्यु भएको छ। भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गए राति गाईसँग ठोक्किँदा दुर्घटना भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।   दुर्घटनामा परी नेपालगन्ज सदरलाइन निवासी एकै परिवारका ३५ वर्षीय बैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दिपीका गुप्ता, तीन वर्षीय छोरा

पहिरोले घर पुरिँदा तारकेश्वरमा बाबु र छोरीको मृत्यु

काठमाडौं । काठमाडौंको उत्तरी भेग तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ। प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरका अनुसार तारकेश्वर नगरपालिका–५ चो गाउँमा शनिवार राति स्थानीय गणेश तामाङको घर पहिरोले पुर्दा तामाङ र उनकी छोरीको मृत्यु भएको हो। उनका अनुसार शनिबार राति करिब ९ बजे माथिबाट खसेको पहिरोले ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको छ । सो घटनामा परी

महांकाल मन्दिरको भित्तामा ट्यांकर ठोक्कियो, चालक गम्भीर घाइते

काठमाडौं । काठमाडौंको महांकाल मन्दिरको भित्तामा पानी ट्यांकर ठोक्किंदा चालक गम्भीर घाइते भएका छन् । त्रिपुरेश्वरबाट भोटाहिटीतर्फ जाँदै गरेको ना २ क ४० नम्बरको ट्यांकर आज बिहान करिब सवा दुई बजेतिर मन्दिरको भित्तामा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा ट्यांकर चालक काठमाडौंको बसुन्धरा बस्ने ओखलढुंगाका ५९ वर्षीय चेतबहादुर खत्री गम्भीर घाइते भएका छन् । चालक सिटमै च्यापिएका उनलाई प्रहरीले उद्धार गरेर नजिकैको ट्रमा सेन्टरमा पुर्याएको थियो । उनको सोही अस्पतालमा

अबिरल वर्षाका कारण  बाजुराका दर्जनौँ बस्ती जोखिममा

बाजुरा । लगातारको अबिरल वर्षाका कारण जिल्लामा बाढी र पहिरोका कारण दर्जनौँ बस्ती जोखिममा परेका छन् । बिहीबारबाट आएको लगातारको वर्षाले हिमाली गाउँपालिका–३ युना र बौडीका केही परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार शुक्रबार र शनिबार आएको वर्षाका कारण युनाका दिपलाल बुढा, जङ्गबहादुर सुनार, रङ्गमल सुनार, शक्ति सुनार र प्रदीपलाल सुनारको घर भत्किएर पूर्णरूपमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिं कठायतले