फिल्मी समाचार

'प्रसाद २' को गीत 'मार्सी धान' रिलिज

काठमाडौं : सुदर्शन थापा निर्देशित सिनेमा ‘प्रसाद २’को पहिलो गीत रिलिज गरिएको छ। मंगलबार निर्माण टिमले ‘मार्सी चामल’ बोलको गीत रिलिज गरेको हो। गीतमा राजनराज शिवाकोटी र मिलन नेवारको आवाज रहेको छ। शब्द र संगीत भने गीतमा राजनराज शिवाकोटीकै रहेको छ। लोक शैलीमा आधारित गीतले सुन्ने जोकोहीको ध्यान खिच्छ। डान्सिङ प्याटर्नमा आधारित गीतको भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माको आकर्षक नृत्य रहेको छ। त्यसो त, यसै सिनेमाका मुख्य कलाकार विपिन

युट्युवका हेडलाईनप्रति निता ढुंगानाको आपत्ति

काठमाडौं : नायिका निता ढुंगानाले युट्युवमा आएका हेडलाईनप्रति आपत्ति जनाएकी छिन्। आफू लक्षित जथाभावी हेडलाईन राखेर भिडियो अपलोड गर्ने युट्युब च्यानलहरुको स्क्रिनसट सार्वजनिक गर्दै एक स्टाटस समेत लेखेकी छिन् । ‘कलाकार भएपछि विभिन्न चरित्र निर्वाह गर्नुपर्ने हुन्छ, निताले फेसबुकमा लेखेकी छिन्, ‘विभिन्न चरित्र निभाउने क्रममा हामिले आफ्नो कर्म र धर्म निर्वाह गरिरहेका हुन्छौँ । तर, सिनेमा वा भिडियोमा प्रस्तुत गरिएका काल्पनिक दृश्य र चरित्रलाई पत्रकारले समाचार सम्प्रेषण गर्दा कलाकारको वास्तविक जिवनमा

‘पशुपति प्रसाद २ : भष्मे डन’को शुभमुहूर्त

निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’को शुभमुहूर्त गरिएको छ । शुक्रबार धार्मिक स्थल पशुपतिनाथ मन्दिरको आँगनमा स्क्रिप्ट र क्यामेरा पूजाआजा गर्दै सिनेमाको शुभमुहूर्त गरिएको हो । सिनेमाको शुभमुहूर्त समारोहमा सिनेमाका निर्देशकदेखि कलाकारसम्म उपस्थित रहेको थियो । सिनेमामा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर थिए । अब सिनेमामा ‘पशुपति प्रसाद’मा अभिनेत्री वर्षा सिवाकोटीको

नायिका वर्षा शिवाकोटीको वैवाहिक जीवन टुट्यो

बैशाख महिनाको ९ गते नायिका वर्षा सिवाकोटीले अमेरिका रहँदै आएका इन्जिनियर आशिष गेलालसँग बिहे गरिन् । आशिष र वर्षाबिच मागी बिहे थियो । परिवारबाट कुरा चलेपछि वर्षाले आशिषसँग बिहे गरेकी हुन् । बिहे गरेको केही दिन पोखरामा हनिमुन मनाएर आशिष अमेरिका हानिए । त्यसको केही दिनपछि वर्षा पनि अमेरिका पुगिन् ।  तर, अमेरिका गएको २ महिनामै वर्षा नेपाल फर्किइन् । उनी, नेपाल फर्किएसँगै आशिष र उनको सम्बन्धमा दरार आएको खबर

'नाईं नभन्नू ल ६' को पहिलो गीत रिलिज

काठमाडौं : नयां वर्षका अवसर पारेर आगामी वैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘नाईं नभन्नू ल ६’को पहिलो गीत रिलिज गरिएको छ। सोमबार निर्माण टिमले शरद शंकर र बेनिशा पौडेलको आवाज रहेको ‘दिउँला माया’ बोलको गीत रिलिज गरेको हो ।गीतमा विकाशराज आचार्यले शब्द, शरद शंकरको संगीत रहेको छ । गीतको भिडियोमा नायिका आँचल शर्मा र नव नायक आशिर्वाद क्षेत्रीको अभिनय हेर्न सकिन्छ । बाल्यप्रेमसंगै युवापुस्ताको प्रेम कथालाई समावेश गरिएको

'छक्का पन्जा ४'को 'दर्शन सलाम' गीत : छोटो समयमै करोड पटक हेरियो

काठमाडौं : हाल प्रदर्शनरत सिनेमा ‘छक्का पन्जा ४’को गीत करोड क्लबमा प्रवेश गरेको छ। रिलिज भएको १ महिनाको अवधिमा ‘दर्शन सलाम’ बोलको गीतलाई युट्युबमा करोड बढी हेरिएको हो। गीतमा डेविड शंकर र सहिमा श्रेष्ठको आवाज रहेको छ। राजेन्द्र थापाले लेखेको यो गीतमा दिपक शर्माको संगीत छ। गीतले रिलिज भएदेखि हालसम्म दर्शक स्रोताको निकै माया पाएको छ। यो गीतको भिडियोमा नायिका स्वातिमा खड्का, राज श्रेष्ठ, दिपकराज गिरी, दिपाश्री निरौला, केदार घिमिरे

वैवाहिक बन्धनमा बाँधिइन अभिनेत्री सुरक्षा पन्त

काठमाडौ : अभिनेत्री सुरक्षा पन्त वैवाहिक बन्धनमा बाँधिएकी छिन्। प्रेमी मानव सुवेदीसँग लगन गाँठो कसेकी हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यि दुईले प्रेमलाई बिहीबार विवाहमा परिणत गरेका हुन्। सुरक्षाले स्वयम्वरको फोटो सामाजिक सञ्जालमा शेयर समेत गरेकी छन्। परिवार र नजिकका आफन्तको मात्र उपस्तिथिमा सुरक्षाको विवाह चितवनको सौराहामा सम्पन्न भएको हो।

'पशुपति प्रसाद २ : भष्मे डन'को डिजिटल राइट्स ९५ लाखमा बिक्री

काठमाडौं : दिपेन्द्र के खनालको निर्देशनमा तयार हुन लागेको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’को डिजिटल राइट्स महंगो मुल्यमा बिक्री गरिएको छ। फ्लोरमा नजाँदै सिनेमाको डिजिटल राइट्स ९५ लाखमा बेचिएको छ। निर्माण टिमले ओएसआर डिजिटललाई डिजिटल राइट्स बिक्री गरेको हो। खगेन्द्र लामिछानेको लेखन एवम् निर्माणमा बन्ने यो सिनेमा आउँदो वर्षको दशैंमा रिलिज गरिने बताइएको छ। हाल यस् सिनेमाको लागि विपिन कार्की, सौगात मल्ल र स्वस्तिमा खड्का लगायतका कलाकार निर्माण

'छक्का पन्जा ४' को गीत 'सिरुपाते जुँगामा' रिलिज

काठमाडौं : गत शुक्रबारबाट प्रदर्शनमा आएको सिनेमा ‘छक्का पन्जा ४’को नयाँ गीत रिलिज गरिएको छ। निर्माण टिमले मंगलबार ‘सिरुपाते जुँगामा’ बोलको गीत रिलिज गरेको हो। गीतमा बाबुल गिरीको स्वर रहेको छ। गीतको शब्द शंकर थापा ‘स्माइल’ले लेखेका हुन् । संगीत र अरेन्जमेन्ट चाहिँ बाबुल गिरीकै रहेको छ। गीतले रिलिज अगाडि नै दर्शक स्रोताको अत्याधिक मन जितिसकेको छ। गीतमा हजारौं टिकटक समेत बनिसकेका छन् । सिनेमाको ट्रेलरमा यो गीत थोरै समेटिएको

पति शरदविरुद्ध निशा अधिकारीले अंशवण्डाको मुद्दा हालिन्

अभिनेत्री निशा अधिकारले श्रीमान् शरद भेषावकरविरुद्ध अंशबन्डा मुद्धा हालेकी छन् ।निशाले भदौ २८ गते काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध दायर गरेको अंश चलनको मुद्दामा न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले सम्पत्तिको फाँटबारी (सम्पत्तिको सम्पूर्ण विवरण) माग गर्न आदेश दिएको छ ।निशाले नाबालक छोरासमेतलाई अंशभाग लगाउनुपर्ने माग गर्दै पति शरदविरुद्ध मुद्दा मुद्दा दर्ता गरेकी हुन् । अंशवण्डा मुद्दा दायर गरेकी निशाले सम्बन्धविच्छेदको मुद्दा भने दायर गरेकी छैनन् । सम्बन्धविक्षेद नगरिकन पनि श्रीमतीले अंश माग