विशेष समाचार

निकिता पौडेलले दिइन सञ्चारमाध्यमविरूद्ध मुद्दा,पाँच करोड क्षतिपूर्ति दाबी

काठमाडौं । गृहमन्त्री रवि लामिछानेका पत्नी निकिता पौडेलले विभिन्न सञ्चारमाध्यमविरूद्ध मुद्दा दायर गरेका छन् । पौडेलले विभिन्न मिडियाका प्रकाशक र सम्पादकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । पौडेलले मुलुकी अपराध संहिता २०७४ को दफा ३०७ (१) बमोजिम तीन वर्ष कैद, तीस हजार जरिवाना र सोही संहिताको दफा ३०७ (२) बमोजिम प्रतिव्यक्ति ५ करोड क्षतिपूर्तिको मागदाबी लिएर लिखित गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् । काठमाडौँ जिल्ला अदालतका सूचना

लुम्बिनीको मुख्यमन्त्रीमा महरा नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले महरालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शेरचनले महरालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेपाली कांग्रेसका डिल्ली बहादुर चौधरीले राजीनामा दिएपछि महराले ४८ सांसदको हस्ताक्षरसहित सरकार गठनको लागि दाबी पेस गरेका थिए । महरालाई एमालेसहितका सत्ता गठबन्धनका दल र स्वतन्त्र सांसदले समर्थन गरेका छन् ।

बाँके एसपीले समाचार रोक्न दिएको धम्कीप्रती पत्रकार सम्बद्ध संघसंस्थाद्वारा भ्रत्सना

नेपालगंज: सदभाव दैनिक एवं सेतोखरीमा प्रकाशित समाचारका बिषयमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक(एसपी) सुवास बोहराले नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष समेत रहेका उक्त पत्रिका/अनलाइनका सम्पादक दामोदर भण्डारीलाई समाचार रोक्न दिएको धम्कीपूर्ण दवावका बिषयमा बिहीवार नेपालगन्जमा पत्रकार सम्बद् संगठनहरुबीच आकस्मिक बैठक बसेको छ । जिल्ला प्रहरी प्रमुख बोहराले भण्डारीलाई समाचार रोक्न दिएको अनुचित धम्कीपूर्ण दवावप्रति गम्भीर चासो र चिन्ता प्रकट गरेको गर्दै समग्र जिल्लाको सुरक्षाको जिम्मेवारी

वैदेशिक रोजगारीबाट फर्केका युवाले गरे श्रीमतीको हत्या

झापा । झापाको बाह्रदशीमा श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । आज बिहान ६ः३० बजेको समयमा बाह्रदशी–१ का ३३ वर्षीय देवनारायण राजवंशीले घाँटीमा खुकुरी प्रहार गरी श्रीमती ३३ बर्षीया ममसरी राजवंशीको हत्या गरेको प्रहरीले जनाएको हो । घटनापछि प्रहरीले खुकुरीसहित राजवंशीलाई नियन्त्रणमा लिएको छ । राजवंशी वैदेशिक रोजगारीका लागि ओमन गएका थिए । उनी विदामा चार दिनअघि मात्र घर आएको बताइएको छ । श्रीमती अर्कै व्यक्तिसँग लागेको विषयमा

मापसे गरी हल्ला गरेपछि राजेशपायलसहित ३ जना पक्राउ

काठठमाडौं । गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ परेका छन् । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा प्रहरीले गएराति उनीहरुलाई काठमाडौंको थापागाउँबाट पक्राउ गरेको हो । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । होहल्ला नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । उनीहरूलाई अहिले प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ । पछिल्लो समय गायक राई रेष्टुरेन्ट

प्रहरीका १९ जना इन्स्पेक्टर डिएसपीमा बढुवा सिफारिस

काठमाण्डौं । नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरी नायव उपरिक्षक (डिएसपी)मा बढुवा सिफारिस गरेको छ । बुधवार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीमा रिक्त रहेको डिएसपी पदमा १९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा सिफारिस गरेको छ। बढुवा हुनेहरूमा २०७० सालका प्रहरी निरीक्षकमा भर्ना भएकाहरु हुन् । सो समूहमा ९८ जना प्रतिस्पर्धामा थिए । उक्त व्याजका ठूलो संख्यामा बढुवा हुन बांकी

भ्रष्टाचारमा दोषी ठहर भएका डीएसपी केसीलाई २ वर्ष कैद

काठमाडौं । बुटवलका डीएसपी ठग बहादुर केसी भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् । मंगलबार विशेष अदालतले केसीलाई दोषी ठहर गर्दै बिगो बराबरकै जरिवाना र २ वर्ष कैद सजायको फैसला सुनाएको हो । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेक नारायण कुँवर तथा सदस्यद्वय न्यायाधीशहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले । घुस रकमसहित नियन्त्रणमा लिइएका केसीलाई दोषी ठहर गर्दै ८ लाख ५० हजार रुपैयाँ जरिवाना र २ वर्ष कैद सजायको

मुख्‍यमन्त्री शर्माले दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्‍यमन्त्री राजकुमार शर्माले अन्ततः राजीनामा दिएका छन् । बुधबार प्रदेशसभा बैठकमा सम्बोधन गर्दै उनले आफूले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । केन्द्रमा बनेको सत्ता गठबन्धनमा भएको सहमतिअनुसार उनी कर्णालीको नेतृत्व छाड्न बाध्य भएका हुन् । केन्द्रीय गठबन्धनका शीर्ष नेतृत्वहरूले कर्णाली प्रदेशको नेतृत्व एमालेलाई छाड्ने सहमति गरेका थिए । १५ वर्षदेखि फरार रहेका उनीमाथि जिल्ला अदालत चितवनमा मुद्दा छ । उनको मुद्दालाई अदालतले मुल्तवीमा राखेको थियो

बढ्यो पेट्रोलको मुल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ ।सोमबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलको मुल्य बढाएको हो । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलेका मूल्यमा प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएकोले नेपालमा पनि पेट्रोलमा मूल्य बढाएको हो । जसअन्तर्गत पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १७२.५०, दोस्रो वर्ग १७४ र तेस्रो वर्गमा १७५ रुपैयाँ पुगेको छ । वृद्धि भएको मूल्य आजै रातिदेखि लागू हुने

एकै परिवारका पाँच जनाको मृत्युले गाउनै शोकमा

गोरखा । गोरखा जिल्लाको गोरखा नगरपालिका–७ पौवाखेतका ४० वर्षीय शङ्कर रोकाको शुक्रबार क्यान्सरबाट मृत्यु भएपछि ७० वर्षीया आमा जुनकिरी रोकासहित सिङ्गो परिवार शोकमा परेको थियो । उपचारका क्रममा राजधानी काठमाडौँमा निधन भएका शङ्करको पशुपति आर्यघाटमा गएराति अबेर दाहसंस्कार गर्न गाउँबाट काठमाडौँ जानुभएका आमा जुनकिरीसहित सबै परिवार र आफ्न्त पशुपति आर्यघाटमा पुग्यो । अल्पायुमै छोराको निधनले मर्माहत हुनुभएका जुनकिरी छोराको दाहसस्ंकारको काम सकेर गाउँमै काजकिरिया गर्न तीन वटा गाडी लिएर सपरिवार