तनहुँ सेवा समाजको कार्यक्रमको लागि कतार आइपुगे अस्मिता र वसन्त
दर्शन सुनार/कतार: नेपालीहरुको नयाँ बर्ष २०८१-तथा ईस्लाम धर्मावलम्बीको पवित्र महान पर्व “ईद उल फितरको” अवसरमा तनहुँ सेवा समाज कतारले वृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ। वृहत् सांस्कृतिक कार्यक्रम २०२४ को लागि भनेर नै आफ्नो सांगीतिक प्रस्तुति दिन नेपालबाट कलाकारहरु कतार आईपुगेका छन्। लोक तथा दोहोरी गायिका अस्मिता डल्लाकोटी र लोक तथा दोहोरी गायक वसन्त विश्वकर्मा बुधबार दिउँसो कतार आईपुगेका हुन्।कलाकारहरुलाई स्वागत गर्नको लागि तनहुँ सेवा समाज कतारका अध्यक्ष, महासचिव, कार्यसमितिका