विशेष समाचार

बढुवा भएका डिएसपीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । नेपाल सरकार गृह मन्त्रालयको निर्णयअनुसार प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा पदमा पदोन्नति भएका १९ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित भएका छन् । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबिच उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन् । दर्ज्यानी चिह्नद्वारा सुशोभित हुने प्रहरी नायव उपरीक्षकहरूमा दीपक मल्ल, धन बहादुर बोहरा, जनार्दन घिमिरे, आयुश प्रसाद जोशी, निर्मल पनेरू, ऋषिराम घर्तिमगर, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नवीन

सलमान खान बस्ने घरमा गोली चल्यो

काठमाडौँ । बलिवुड अभिनेता सलमान खान बस्ने घरको बाहिर आइतबार गोली चलेको छ । मुम्बईको बान्द्रास्थित गैलेक्सी अपार्टमेन्ट अगाडी गोली प्रहार भएको थियो । ग्यालेक्सी अपार्टमेन्ट अगाडि दुई मोटरसाइकल सवारले ४ राउण्ड फायर गरेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् । गोली चलेपछि घरको सुरक्षा बढाइएको बताइएको छ । गोली चल्दा सलमान आफ्नै घरमा थिए । सलमानलाई लरेन्स बिश्नोई–गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो । घटनाको खबर पाएलगत्तै मुम्बई

बेपत्ता भएकी शुभदेवीको शव गहुँ खेतमा भेटीयो

धनुषा । धनुषामा एक महिलाको हत्या भएको अवस्थामा शव फेला परेको छ । हंसपुर नगरपालिका– ७ घर भएकी ५५ वर्षीया शुभदेवी मण्डलको शव हत्या भएको अवस्थामा धनुषाकै सहीदनगर स्थित गहु खेतमा फेला परेको हो । सहिदनगर नगरपालिका–४ ननुपट्टीमा रहेको माइती घर गएकी उनी शनिबार साँझ ७ बजेदेखि बेपत्ता भएकी थिइन। आइतबार बिहान गहुँ खेतमा विभत्स अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रन्जन अवाले जानकारी

पर्सा प्रहरीको सफलता एक महिनामै ५ करोड बढीको भन्सार छलिको सामग्री बरामद

पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनामै ५ करोड बढीको भन्सार छलिको सामग्री पक्राउ गरेको जनाएको छ । एसपी कुमोध ढुंगेलले जिल्ला प्रहरी कार्यालय पर्साको कमाण्ड समालेदेखी विभिन्न नाकाहरुमा कडाई गरि एक महिनाको अवधिमा भन्सार छली चोरी पैठारी गरि ल्याएको अवैध सामग्री ५ करोड ८७ लाख बराबरको बरामद गरि वीरगंज भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा दाखिला गरेको पर्सा प्रहरी प्रमुख (प्रहरी उपरीक्षक) कुमोध ढुंगेलले बताए ।

सौर्यपत्रका कतार संवाददाता सुनार सम्मानित

काठमाडौं  : वैदेशिक रोजगारीको सिलसिलामा खाडी मुलुक कतारमा रहेका गुल्मीका दर्शन सुनार शुक्रबार सम्मानित भएका छन् l तमू (गुरुङ) समाज कतारले आयोजना गरेको“चेलीबेटी भेटघाट तथा कलाकार सम्मान कार्यक्रममा सुनार सम्मानित भएका हुन् l तमु (गुरुङ) समाजले आयोजना गरेका हरेक गतिविधिमा फोटोग्राफर र सञ्चारको माध्यमबाट अतुलनीय योगदान पुर्‍याएको भन्दै फेटा (क्रेगी) र सम्मानपत्र सहित सुनारलाई  सम्मानित गरिएको हो l सम्मानपछि बोल्दै उनले सम्मान पत्रले जिम्मेवारी थप्ने र थप मिहेनत गर्न ऊर्जा

हटाइयो माइतीघरदेखि बानेश्वरसम्मको निषेधाज्ञा

काठमाडौं । काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म कायम निषेधित क्षेत्र शनिबारदेखि हटाइने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबार सूचना जारी गर्दै गत फागुन ४ गतेदेखि लागू गरिएको निषेधाज्ञा हटाएको जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा जारी सूचनामा भनिएको छ, ‘हाललाई सुरक्षा चुनौती विश्लेषण समेतका आधारमा जिल्ला सुरक्षा समिति काठमाडौँको आजको सिफारिसअनुसार माइतीघर मण्डलादेखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रलाई २०८१ वैशाख १ गतेदेखि निषेध आदेश कायम नरहने सबैलाई सूचित

बैशाखदेखी दरबारमार्ग र ठमेल २४ सै घण्टा खुलाउने घोषणा 

काठमाडौं । व्यवसायीहरूले वैशाख १ देखि काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा खुला गर्ने घोषणा गरेका छन् । बिहीबार ठमेल प्रर्यटन विकास परिषद र दरबारमार्ग विकास बोर्डले पत्रकार सम्मेलन गर्दै ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा सञ्चालन हुने घोषणा गरेका हुन् । गृह मन्त्रीको सक्रियतामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले बनाएको आचारसंहिता बमोजिम कानूनको परिधिभित्र रही दरबारमार्ग र ठमेल २४ सै घन्टा व्यवसाय संचालन गराउन चालेको कदमलाई सकारात्मक रूपमा

गण्डकीमा मन्त्रालयको संख्या बढाइयो

पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रालयको संख्या ७ बाट बढाएर ९ वटा बनाएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य र आन्तरिक मन्त्रालय थप्ने निर्णय गरेको हो । मुख्यमन्त्री नियुक्त भएको दुई दिन नवित्दै उनले मन्त्रालय बढाएका हुन् । सत्ता गठबन्धनमा रहेका दलहरुलाई भागबण्डा पुराउन मुख्यमन्त्री अधिकारीले मन्त्रालय बढाउने निर्णयमा पुगेका हुन् । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्रीसँग आन्तरिक मन्त्रालय बेग्लै बनाउने निर्णय

मृगौला पीडित कलाकार खप्तरी मगरलाई कतारबाट आर्थिक सहयोग

दर्शन सुनार/कतार : लोकप्रिय मौलिक गायकको छवि बनाएका गायक प्रसाद खप्तरी मगर हाल विरामी छन्। गुल्मी जिल्ला सत्यावती गाउँपालिका वडा न ४ लिम्घा निवासी लोक गायक प्रसाद खप्तरी मगर बिगत एक बर्षदेखि अकस्मात दुबै मृगौलाले काम गर्न छोडेपछि यतिबेला डायलालिस गराईरहेका छन्। उनलाई हाल विभिन्न ठाउँबाट सहयोग रकम प्राप्त भइरहेको छ। यसैबीच,  पीडित कलाकार खप्तरी मगरलाई कतारबाट पनि सहयोग गरिएको छ । गुल्मी सेवा समाज कतारका सल्लाहकार भिम तरामु मगरले

नेपाल मगर संघ कतारले गर्‍यो कलाकार सविता गरन्जा मगरलाई सम्मान र बिदाई

दर्शक सुनार/कतार : नेपाल मगरसंघ शाखा कतारले कलाकार सबिता गरन्जा मगरलाई संस्थागत बिदाई तथा सम्मान गरेको छ । नेपाल मगर संघ साँस्कृतिक परिवारमा  २०१९ देखि आवद्ध रहेकी कलाकार मगर कर्मभूमि कतार बसाईलाई बिट मार्दै कतारबाटै क्रोसिया प्रस्थान गर्न लागेको अवसरमा नेपाल मगर संघ शाखा कतार र नेपाल मगर साँस्कृतिक परिवारले शुक्रबार एक कार्यक्रमकाबी कदर पत्र प्रदान गर्दै दोसल्ला ओढाएर बिदाई तथा सम्मान गरेको हो। नेपाल मगर संघ परिवारका विशिष्ट व्यक्तित्वहरुले