रहस्य कतिकति
टहटह जून लागेको रात । हरिशरण शौचालयबाट निस्किएर घरतर्फ लम्कियो । शौचालय र घरको दूरीबीच चोया बाँसको झ्याङ थियो । बाँसको झ्याङ दायाँ भएर घरको बाटो आँगनतिर उक्लिन्थ्यो । हरिशरण ठ्याक्कै बाँसको झ्याङमा के आइपुगेको थियो, माथि आकाशतिरबाट अनौठो खोला सुसाएको जस्तो स्याँ… आवाज आयो । उसले आकाशतिर हेर्यो । जूनको उज्यालोमा भुईंतिर नुहेका बाँसका टुप्पाहरू र ससाना पातहरू बिनाबतासै हल्लिरहेका थिए ! हरिशरणको सातो जान पनि पाएको थिएन कि