विशेष समाचार

मधेश प्रदेशमा जनमतका २ मन्त्रीले दिए राजीनामा

काठमाडौँ । जनमत पार्टीले मधेस प्रदेश सरकारबाट एक जना मन्त्री र एकजना राज्यमन्त्री फिर्ता बोलाएको छ । पार्टीले फिर्ता बोलाएपछि विना विभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादव राजीनामा दिएका हुन् । कुशवाहाले सम्हालेको भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रालय जेठ ९ मा मुख्यमन्त्री सरोजकुमार यादवले खोसेर एकीकृत समाजवादीका गोविन्द न्यौपानेलाई नियुक्त गरेका थिए । नयाँ मन्त्री चन्दन सिंह र राज्यमन्त्रीका लागि रञ्जु खंगलाई पठाउने जनमतका नेता बिपी साहले

महांकाल मन्दिरको भित्तामा ट्यांकर ठोक्कियो, चालक गम्भीर घाइते

काठमाडौं । काठमाडौंको महांकाल मन्दिरको भित्तामा पानी ट्यांकर ठोक्किंदा चालक गम्भीर घाइते भएका छन् । त्रिपुरेश्वरबाट भोटाहिटीतर्फ जाँदै गरेको ना २ क ४० नम्बरको ट्यांकर आज बिहान करिब सवा दुई बजेतिर मन्दिरको भित्तामा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा ट्यांकर चालक काठमाडौंको बसुन्धरा बस्ने ओखलढुंगाका ५९ वर्षीय चेतबहादुर खत्री गम्भीर घाइते भएका छन् । चालक सिटमै च्यापिएका उनलाई प्रहरीले उद्धार गरेर नजिकैको ट्रमा सेन्टरमा पुर्याएको थियो । उनको सोही अस्पतालमा

रुकुम पश्चिममा पहिरोले पुरिएर दुईको मृत्यु,एकजना घाइते

रुकुम । रुकुम पश्चिममा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका–७ बाँसथलास्थित पोखरापरी भिरमा घाँस काट्न गएका दुई जनाको पहिरो खस्दा मृत्यु भएको हो । पहिरोमा परी एकजना घाइते भएका छन् । आइतबार दिउँसो पौने तीन बजेको समयमा घाँस काट्न गएका बाँफिकोट गाउँपालिका–७ की ५४ वर्षीया धनमाया खत्री र सोही ठाँउका ४४ वर्षीय कालिबहादुर खड्काको सुख्खा पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब

सारुकले सुसाइड नोटमा लेखे–‘यो सबै मेरो गल्ती हो कसैलाई ब्लेम नगर्नु’

काठमाण्डौं : तीन साताअघी (असार २१ गते) रातोपुलस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका अभिनेता सारुक ताम्राकारको मोबाइलको नोट्स प्याडमा सुसाइड नोट भेटिएको छ । सारुकले मोबाइलको नोट प्याडमा सुसाइड नोट लेखेका हुन् । उनले आफ्नो सुसाइड नोटमा विवाद ननिकाल्न र कसैलाई दोष नदिन प्रहरीसँग आग्रह गरेका छन् । सारुकले लेखेका छन्–‘पुलिसहरु डन्ट फकिङ मी कन्ट्रोभर्सी । इट्स अल माई फल्ट । कसैलाई ब्लेम नगर्नु । यो सबै यही इन्ड हुनु

कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्यो

काठमाडौँ । इपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षाका लागि आवेदन माग गरेको छ । आज सूचना जारी गर्दै पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उम्मेदवारको छनौट गर्न कोरियन भाषा परीक्षा सञ्चालन गरिने शाखाले जनाइएको छ। नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र अनुरूप रोजगार अनुमति प्रणाली अन्तर्गत कोरियामा नेपाली नागरिकलाई लैजान लागिएको सूचनामा उल्लेख छ। यही साउन २० गतेदेखि

बाँदर आतङ्कले बागलुङका किसान हैरानी

बागलुङ । बागलुङको अधिकांश ग्रामीण क्षेत्र जङ्गलसँग जोडिएका छन् । जङ्गल नजिक बस्ती हुँदा बाँदरले स्थानीयलाई हैरानी बनाउँदै आएको छ । हिउँदमा घरको आँटीमै पुगेर अन्न खाइदिने र सामान फुटाइदिने गर्छ भने बर्खामा बारीमा लगाएका मकै, भटमासलगायतका बाली नष्ट गरिदिन्छ । यतिबेला किसानमा बारीमा भर्खर मकैले घोगा निकाल्न थालेका छन् । बारीको अधिकांश छेउछाउमा स–साना त्रिपालका छाप्रा देखिन्छन् । छाप्रोमा दैनिक एक–दुई जना बाँदर धपाउने कृषक पनि हुन्छन् । उनीहरु

अबिरल वर्षाका कारण  बाजुराका दर्जनौँ बस्ती जोखिममा

बाजुरा । लगातारको अबिरल वर्षाका कारण जिल्लामा बाढी र पहिरोका कारण दर्जनौँ बस्ती जोखिममा परेका छन् । बिहीबारबाट आएको लगातारको वर्षाले हिमाली गाउँपालिका–३ युना र बौडीका केही परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार शुक्रबार र शनिबार आएको वर्षाका कारण युनाका दिपलाल बुढा, जङ्गबहादुर सुनार, रङ्गमल सुनार, शक्ति सुनार र प्रदीपलाल सुनारको घर भत्किएर पूर्णरूपमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिं कठायतले

पटाका कारखानामा विस्फोट हुँदा ९ को मृत्यु ११५ भन्दा बढी घाइते

बैंकक । दक्षिणी थाइल्याण्डको एउटा आतिशबाजी कारखानामा विस्फोट हुँदा नौ जनाको मृत्यु भएको छ भने ११५ भन्दा बढी घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार नरथिवास प्रान्तको सुङ्गाई कोलोक सहरमा रहेको पटाका कारखानामा विस्फोट भएको हो । अहिलेको अवस्था हेर्दा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने विपद् रोकथाम तथा न्यूनीकरण विभागले जनाएको छ । यस विष्फोटका सम्बन्धमा सहरका गभर्नर सानन पोंगाक्सर्नले सञ्चारमाध्यमलाई भने कि ११५ जना घाइते भएका छन् र

भ्रष्टाचारमा संलग्न सबैलाई कारबाही हुन्छ : गृहमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, बेथिती र ठगी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । गोकर्णेश्वरको जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यानमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा जुनसुकै राजनीतिक दल, परिवार तथा ओहोदाका व्यक्ति संलग्न भए पनि कारबाही गरिने बताए । वर्तमान सरकारले सुशासनलाई पहिलो सर्त बनाएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सुशासनबिना समृद्धिको यात्राले फड्को मार्न नसक्ने बताए । “भ्रष्टाचार, बेथिती र ठगी विरोधी

हेलिकप्टर दुर्घटना हुँदा चार अस्ट्रेलियन सैनिक बेपत्ता

सिडनी। अष्ट्रेलियाको एक सैनिक हेलिकप्टर क्वीन्सल्याण्डको तटीय क्षेत्रमा ह्यामिल्टन टापुमा दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा चालक दलका चार सदस्य बेपत्ता रहेको बताइएको छ । जानकारीका अनुसार सेनाको हेलिकप्टर अमेरिकासँगको संयुक्त सैन्य अभ्यासमा सहभागी भइरहेका बेला दुर्घटना भएको हो । अष्ट्रेलियाका रक्षा मन्त्री रिचर्ड मार्ल्सका अनुसार एमआरएच ९० हेलिकप्टरदुईवटा हेलिकप्टर तालिम सञ्चालनमा भाग लिइरहेको थियो। त्यसपछि करिब १०ः३० बजे जहाजमा चालक दलका चार सदस्यसहित दुर्घटना भएको थियो । अर्को हेलिकप्टरले तुरुन्तै