विश्व

बाक्लो हिमपातमा परी जापानमा १३ जनाको मृत्यु

टोक्यो (एजेन्सी) जापानको समुद्री तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको जापानी उद्धारकर्मीहरुले जनाएका छन् । जापानी अग्नि तथा विपद व्यवस्थापन निकायका अनुसार उक्त घटनामा परेर २५० भन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीय संचार माध्यमले फुकुई प्रिफेक्चरमा ६० र ८० को आसपास उमेरका तीन व्यक्तिको मृत्यु भएको जनाएका छन् । हिउँसँग सम्बन्धित दुर्घटनामा यहाँ ४७ जना घाइते भएका छन् ।     यस्तै, नीगाता

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध डेमोक्रेटिक पार्टीले संसदमा महाअभियोग प्रस्ताव पेश गरेको छ । महाअभियोग प्रस्तावमाथि बुधबार छलफल हुने बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पको कार्यकाल २० जनवरीमा सकिँदै छ ।   ट्रम्पलाई हिंसा भड्काएको आरोप लगाइएको बीबीसीले जनाएको छ ।   सिनेटकी सभामुख नेन्सी पेलोसीसहित धेरैजसो डेमोक्र्याट पार्टीका सांसद तथा अन्य नेताहरुसमेत ट्रम्पलाई उनको कार्यकाल समाप्त हुनुअगाडि नै ह्वाइटहाउसबाट निकाल्न चाहेका छन् ।   महाअभियोग प्रस्तावमा राष्ट्रपतिको निर्वाचन

कब्जामा लिएको एक चिनिया सैनिकलाई भारतले रिहा गर्यो

काठमाडौं । भारत र चीनबीचकाे विवादित सीमा लद्दाखमा पक्राउ परेका एक चिनियाँ सैनिकलाई भारतले रिहा गरिदिएको छ ।गएको शुक्रबार वास्तविक नियन्त्रण रेखा (एलओसी) मा प्रवेश गरेका चिनियाँ जनमुक्ति सेनाका एक जवानलाई भारतीय सैनिकले पक्राउ गरेका थिए । उनलाई साेमबार सकुशल रिहा गरिदिएको भारतीय सैनिकलाई उद्धृत गर्दै नवभारत टाइम्सले जनाएको छ ।   सीमा क्षेत्रमा शान्ति कायम गर्न भारत प्रतिबद्ध रहेकाले पक्राउ परेका चिनियाँ सैनिकलाई रिहा गरिएको भारतले जनाएको छ ।

इन्डोनेसियामा दुर्घटना भएको एयर बोइङका सवै यात्रु वेपत्ता, खोजी कार्य जारी

काठमाडौं । इन्डोनेसियाको जर्काता विमानस्थलबाट शनिबार उड्नेवित्तिकै बेपता भएको एयर बोइङ–७३७ दुर्घटना भएको सम्भावित स्थान पत्ता लागेको बताइएको छ । श्रीविजया एयरको जेट विमान राजधानी जकार्ताबाट उडान भरेको केही समयमा नै समुद्रमा दुर्घटनाग्रस्त बनेको थियो । चालक दलसहित ६२ जना सवार विमान पश्चिमी कालिमान्टान प्रान्तस्थित पोन्टियानाकका लागि उडान भरेको विमान चार मिनेटपछि नै सम्पर्कविहीन भएको थियो । अधिकारीकारीहरुका अनुसार दुर्घटना भएको सम्भावित क्षेत्रमा अहिले १० वटा जहाज र नेभीका गोताखोरहरु

बेलायतकी महारानी र  राजकुमारले लिए कोभिडको पहिलो खोप

लण्डन । बेलायतकी महारानी एलिजावेथ द्वितिया र उनका पति राजकुमार फिलिपले कोभिड खोपको पहिलो डोज लिएका छन्। उनीहरु बस्दै आएको विन्डसोर क्यासलमै खोप लिएको बकिङघम दरबारले जनाएको छ।   बेलायतमा कोभिडविरुद्धको खोप गत महिनादेखि नै वितरण सुरु गरिए पनि ९४ वर्षीया महारानी र ९९ वर्षीय राजकुमार फिलिपले आफ्नो पालो पर्खिएरै खोप लगाएका हुन्। खोपका लागि बेलायत सरकारले निर्धारण गरेको प्राथमिकताअनुसार ८० वर्षमाथिको उमेर समूहको पालोमा उनीहरुले खोप लिएका हुन्।  

विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड नाघ्यो

काठमाडौँ। विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड नाघेको छ ।पछिल्लो २४ घण्टामा ७ लाख २२ हजार ८६२ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड नाघेको हो ।   आइतबार बिहान यो समाचार तयार पर्दासम्म संक्रमित संख्या ९ करोड ५४ हजार ७६८ पुगेको छ । यसमध्ये ६ करोड ४४ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।   यो समाचार तयार पार्दासम्म कुल संक्रमितको ७१ प्रतिशतभन्दा बढी निको भएका छन्

इन्डोनेसियामा यात्रुवाहाक विमान विजुली चम्किएजसरी समुद्रमा खस्यो र पानीमा पड्कियो : प्रत्यक्षदर्शी

इन्डोनेशियाको राजधानी जकार्ताबाट ६२ जना यात्रु बोकेर उडेको एक यात्रुवाहक विमान उडेको केही मिनेटमै समुद्रमा दुर्घटनाग्रस्त भएको ठानिएको छ।श्रीविजया एयर बोइङ ७३७ विमान देशको वेस्ट कालिमान्तान प्रान्तको पोन्टिआनक जाने क्रममा उडेको ४ मिनेटमै रेडारबाट हराएको थियो। प्रत्यक्षदर्शीहरूले एउटा विस्फोटन देखेको र सुनेको बताएका छन्।उडानहरूको विवरण राख्ने वेवसाइट फ्लाइटरडारडटकमका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमानले ३ हजार मिटर उचाइ गुमाएको थियो।विमानका भग्नावशेषझैँ देखिने तस्बिरहरू टेलिभिजन र सामाजिक सञ्जालमा देखा परेका

राष्ट्रपति ट्रम्पलाई महाभियोग लगाउने तयारी

अमेरिकामा डेमोक्र्याटहरूले बुधवार अमेरिकी क्यापिटल भवनमा भएको घटनामा राष्ट्रपति डोनल्ड ट्रम्पको भूमिकाका कारण महाभियोग लगाउने योजना गरेका छन्।सभामुख न्यान्सी पेलोसीले यदि ट्रम्पले तत्काल पदबाट राजीनामा नदिए महाभियोगको प्रक्रिया अगाडि बढाउने बताएकी हुन्।डेमोक्र्याटहरूले संसद्‌मा सोमवार “राज्यद्रोह प्रोत्साहन” अभियोग पेश गर्दैछन्।पाँच जनाको ज्यान जाने गरी संसद्‌मा भएको दङ्गालाई प्रोत्साहन गरेको आरोप उनीहरूले ट्रम्पमाथि लगाएका छन्।   राष्ट्रपति निर्वाचित जो बाइडनले महाभियोगबारे संसद्ले निर्णय गर्ने बताएका छन्। बाइडनले ” लामो समयदेखि आफूलाई ट्रम्प

ट्रम्पका समर्थकले हिंसा मच्चाउदा एकको मृत्यु दर्जनौं घाइते

काठमाण्डौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले हिंसा भड्काएका छन् । सडकमा निस्किएर हिंसात्मक प्रदर्शन सुरु गरेपछि अमेरिकी राजधानी वासिङ्टन डीसीमा कर्फ्यु लगाइएको छ । स्थानीय समयअनुसार बुधबार साँझदेखि बिहीबार बिहानसम्म कर्फ्यु लगाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।   ट्रम्प समर्थकले बुधबार क्यापिट हिल्स भवनमा पसेर हिंसात्मक प्रदर्शन गरेका थिए । अमेरिकी कंग्रेसमा इलेक्टोरल कलेजको गणनालाई लिएर बहस भइरहेका बेला ट्रम्प समर्थकले हिंसा मच्चाएका हुन् । अमेरिकी सुरक्षा अधिकारीहरुका अनुसार

भारतमा निर्मित औंठीले गिनिज बुकमा विश्‍व कीर्तिमान राख्यो

सीएनएन । एउटा औंठीमा कतिवटासम्म हीरा जडान गर्न सकिन्छ होला ? यसको जवाफ गिनिज बुकमा नयाँ विश्‍व कीर्तिमान (रेकर्ड) राखेको भारतमा निर्मित औंठीले दिएको छ, जसमा १२ हजार ६३८ हीरा जडान गरिएको छ । भारतको मिरुतस्थित रेनानी ज्वैलर्सका संस्थापक हर्षित वंशलले यसको अति आकर्षक डिजाइन सार्वजानिक गरेका हुन् ।   सयपत्री फूलमा आधारित भएकाले यो औंठीको नाम, ‘मेरी गोल्ड’ राखिएको छ र यसलाई समृद्धिको औँठी पनि भनिएको छ । यसमा