समाचार

कोशी प्रदेश सभाको बैठक जेठ ३१ गते बस्ने

विराटनगर । कोशी प्रदेशसभाको दोस्रो तथा बजेट अधिवेशन यही जेठ ३१ गते बुधबार दिउँसो १ बजे बस्ने भएको छ । जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए । कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम प्रदेशसभाका सबै सदस्यलाई जानकारीको लागि यो सूचना जारी गरेको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

कर्मचारीले टिकटक बनाए कारबाही हुने

काठमाडौं । निजामीत कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाहीमा पर्ने भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई टिकटक नबनाउन निर्देशन दिँदै बनाएको पाइएमा कारबाही गर्ने भएको हो । कार्यालय समयमा टिकट बनाएमा, कार्यालयको पोसाक लगाएर टिकटक बनाएमा वा कार्यालयको सवारी साधन प्रयोग गरेर टिकटक बनाएको पाइएमा त्यस्ता कर्मचारीलाई कारबाही गरिने मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिएका छन् । निर्देशन विपरीत टिकटक बनाएको पाइएमा अनुशासन नियम अन्तर्गत

बाजुरा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गयो

काठमाडौं । बाजुरामा आज बिहानै भुकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो । बाजुराको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रका सहायक प्राविधिक राजेश शर्माले जानकारी दिए । बाजुरामा पछिल्लो समय पटक पटक भूकम्प गइरहेको छ ।

अर्थमन्त्रीले आज संसदमा बजेट माथी उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा उक्त दिउँसो १ः०० बजे बोलाइएको छ । आजको बैठकमा आर्थिक वर्ष २०८/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा अर्थमन्त्री डा। प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ । प्रधानमन्त्री भारत भ्रमणबाट फर्के पछि निरन्तर बजेट माथी छलपफल भइरहेको थियो, सो क्रम हिजोबाट सकिए पछि आज (सोमवार) अर्थमन्त्रीले जवाफ दिन लागेका हुन् । प्रतिनिधिसभा सदस्यहरुले उठाएका

कालिकोटमा जीप दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु

काठमाडौं । कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।​ काललीकोट शुभकालीका गाउँपालिका- ६ को गविरामा गएराति जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो । कालीकोटको बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडीबाट शुभकालीका जाँदै गरेको लु १ च ८४९८ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी जयश्वर रिमालले बताए । मृत्यु हुनेमा चालक शुभकालीका- २ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालीका-८ का ३१ वर्षीय

अर्थमन्त्रीले आज संसदमा बजेट माथी उठेका प्रश्नको जवाफ दिने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन बानेश्वरमा बिहान ११ः०० बजे बोलाईएको छ । आजको बैठकमा आर्थिक बर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक बजेट माथि छलफलका साथै सांसदहरुले उठाएका प्रश्नहरुको अर्थमन्त्री प्रकाश शरण महतले जवाफ दिने कार्यक्रम छ । राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १५ संसद बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए । उक्त बजेटमाथि जेठ २१ गतेदेखि दवै सदनमा छलफल

भारी वर्षाका कारण पाकिस्तानमा घर भत्किँदा २५ जनाको मृत्यु

एजेन्सी । भारी वर्षाका कारण पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा घरहरू भत्किँदा २५ जनाको मृत्यु भएको छ । खैबर पख्तुनख्वा प्रान्तको बन्नु, लक्की मारवत र कारक जिल्लाहरूमा शनिबार वर्षाका कारण घरहरु भत्किँदा ती संख्यामा मानिसको मृत्यु भएको हो । रुख ढल्दा विद्युतीय प्रसारण टावर ढलेर १४५ जना घाइते भएका छन् । गत महिना गर्मीमा असामान्य हिमपातको क्रममा हिमपहिरोमा परी महिला र बालबालिकासहित करिब एक दर्जन व्यक्तिको मृत्यु भएको थियो । पाकिस्तानी प्रधानमन्त्री

नेपालले दोस्रो अभ्यास खेल आज नेदरल्याण्डसँग खेल्दै

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास आज नेदरल्याण्डससँग खेल्दैछ । जिम्बाबेमा हुने छनोट प्रतियोगिताका लागि नेपाल दक्षिण अफ्रिका पुगेको छ, जहाँ नेपालले अभ्यास खेल खेल्ने क्रममा आज नेदरल्याण्डसँग खेल्न लागेको हो । गत बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ बिकेटले पराजित भएको थियो । जिम्बाबेमा हुने छनौट खेलमा नेपाल सहित आठ देशको सहभागिता रहने छ । जसअनुसार नेपालसमेत रहेको समूह ‘ए’ वेस्ट इन्डिज,

कर्णाली,गण्डकी र कोशी प्रदेशमा पानी पर्ने

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। कोशी प्रदेशको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश तथा

सरकारको चालु खाता साढे ५४ अर्ब घाटामा

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा सरकारको चालु खाता घाटामा देखिएको छ भने शोधनान्तर स्थिति बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको वैशाख मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु खाता रू ५४ अर्ब ६७ करोडले घाटामा छ । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता रू ५ खर्ब ४५ अर्ब ६ करोडले घाटामा थियो । वैसाख मसान्तसम्ममा शोधनान्तर स्थिति रू २ खर्ब