समाचार

निजी क्षेत्रसँगको सहकार्यबिना समृद्धि सम्भव छैन:प्रधानमन्त्री

लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार निजी क्षेत्रसँगको सहकार्यबिना देशमा समृद्धि सम्भव छैन भन्ने कुरामा स्पष्ट रहेको बताएका छन् । मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको निजी क्षेत्रलाई लगानी एवं व्यवसायका क्षेत्रमा आइपर्ने जस्तासुकै समस्या हल गर्न सरकार सदैव तत्पर रहेको समेत उनले स्पष्ट पारे । प्रधानमन्त्री दाहालले आज बुटवल हिल्सद्वारा प्रवद्र्धित लुम्बिनी केबलकारको उद्घाटन गर्दै आफू नेतृत्वको सरकारले देश विकास र समृद्धिको यात्रामा निजी क्षेत्रलाई साथ लिएर अघि

हुम्लामा खाद्यान्न अभाव

हुम्ला । हिमाली जिल्ला हुम्लामा खाद्यान्नको अभाव देखिएको छ । जिल्ला खाद्य व्यवस्था समितिले दुई पटक लिखित निर्णय गरेर थप कोटाको खाद्यान्न माग गर्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खाद्यन्न थप नगर्दा जिल्लामा खाद्यान्न समस्या देखिएको हो । जिल्लामा खाद्यान्न अभाव हुनुका साथै जिल्लाबाट माग भएको थप १५ हजार क्विन्टल खाद्यान्न कोटामाथि लिमिटेडले हालसम्म सुनुवाइ नगर्दा समस्या भएको हो । हाल शाखाको गोदाममा तीन सय क्विन्टल खाद्यान्न मात्र

प्रहरीका ४६ जना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस

काठमाण्डौं । नेपाल प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरू प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा सिफारिस भएका छन्। बढुवा समितिको सोमबार बसेको बैठकले उनीहरूलाई बढुवा गर्न सिफारिस गरेको हो।

आज विश्व वातावरण दिवस मनाइँदै

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । नेपालले पनि प्रत्येक वर्ष यस दिनमा विश्व वातावरण दिवस मनाउने गरेको छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण

जंगली च्याउ खाँदा धनकुटामा दुई जनाको मृत्यु

काठमाडौं । धनकुटामा जंगली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका-३ घर भइ धनकुटा नगरपालिका–७ चुली वनमा बस्दै आएका २८ वर्षीया मुना राई र उनका ७ वर्षका छोरा सचिन रहेका छन् । प्रहरीका अनुसार गत सोमबार जंगलबाट च्याउ ल्याएर खाएका आमा छोरा अत्यधिक बान्ता र झाडापखालाबाट गम्भीर बिरामी परेका थिए । उपचारका लागि धनकुटा जिल्ला अस्पतालमा लगिए पनि ठीक नभएपछि थप उपचारका लागि धरानस्थित बीपी

दौत्य सम्बन्ध कायम भएका १७७ मुलुकमा रोजगारीको बाटो खुला गर्ने तयारी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपालसँग दौत्य सम्बन्ध कायम भएका मुलुकमा वैदेशिक रोजगार खुला गर्ने तयारी भइरहेको जनाएको छ । आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा श्रम सचिव एक नारायण अर्यालले अहिले संस्थागत रुपमा १ सय ११ देशमा वैदेशिक रोजगारमा जाने गरेको र अन्य देशमा व्यक्तिगत हिसावमा रोजगारीका लागि जाने गरेको भन्दै दौत्य सम्बन्ध कायम भएका मुलुकमा वैदेशिक रोजगार खुला गर्ने योजनामा रहेको बताए । विश्वका १९५ मुलुकमध्ये

प्रहरीमा डिएसपीको बढुवा हुँदै

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेका ४४ डिएसपी पदमा बढुवा सिफारिस हुने भएको छ । बढुवाका लागि गृह मन्त्रालयमा बैठक बसिरहेको छ । ४४ पदमा २०७० सालमा भर्ना भएका एक सय ४४ इन्सपेक्टरबीच प्रतिस्पर्धा छ । बढुवामा टकरावका कारण लम्बिदै आएको छ ।प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर आज (सोमबार) इन्टरपोलको कार्यक्रममा सहभागी हुन सिंगापुर जाने भएकाले बढुवाको निर्णय हुन लागेको हो ।

मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको बताए । प्रधानमन्त्री मोदीले अनुकूल समय मिलाएर भ्रमणमा आउने बताएको प्रधानमन्त्री प्रचण्डले बताए । ‘भारतीय प्रधानमन्त्री मोदीले सन् २०१४, २०१८ र २०२२ मा नेपाल भ्रमण गरेको स्मरण गर्दै नेपाल भ्रमणलाई ठूलो महत्व दिएको बताउँदै उपयुक्त समयमा भ्रमण गर्ने

गाडीबाट खसेर भक्तपुरमा एक महिलाको मृत्यु

भक्तपुर । गुडिरहेको गाडीबाट खसेर आज भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा.२१च. ५३०१ नंको गाडीको पछाडि सवार एक महिलाको खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए । करिब ४३ वर्षीया मृतक महिलाको पहिचान हुन नसकेको र पहिचानको प्रयास भइरहेको उनले बताए । गाडीबाट खसेर घाइते भएकी महिलाको सल्लाद्वारीस्थित डा इवामुरा मेमोरियल अस्पतालमा उपचारका

चार दिने भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् । भारतको चार दिने भ्रमण सकेर शनिबार साँझ ६ बजेपछि प्रधानमन्त्री प्रचण्ड काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । प्रधानमन्त्री प्रचण्डलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आएका हुन् । भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले भारतसँग ऊर्जा ब्यापार, कार्गो रेल, पारवहन, डिजिटल भुक्तानी प्रणाली लगायतका विषयमा सम्झौता गरेका छन् ।  भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी मोदीसहित राष्ट्रपति, उपराष्ट्रपति