विश्वकप छनोटमा फ्रान्सले काजकस्तानलाई हरायो
एजेन्सी – स्टार युवा फरवार्ड केलियन एमबाप्पेले पेनाल्टी चुकाएपनि विश्वविजेता फ्रान्सले कतार विश्वकप २०२२ को युरोपियन छनोटमा काजकस्तानलाई पराजित गरेको छ । फ्रान्सले काजकस्तानलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । फ्रान्सको जितमा औसमाने डेम्वेलेले गोल गर्दा एक गोल उपहार पाएको थियो । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । अस्ताना एरिनामा आइतबार राति भएको खेलमा पाहुना टोली फ्रान्सले खेलको २०औं मिनेटमा औसमाने डेम्वेलेको गोलबाट अग्रता लिएको