समाज

प्रधानमन्त्री ओली विरुद्ध दाहाल–नेपाल समूहसँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने कांग्रेसको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विवादलाई अड्काएर आफू नेतृत्वको सरकारलाई टिकाइराख्न चाहेपछि काँग्रेसले पूर्व निर्णयबाट पछि हट्न सक्ने संकेत दिएको छ । प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि गत बिहीबार बसेको काँग्रेस पदाधिकारी बैठकले नेकपा वैधानिकरुपमा विभाजित भइनसकेको अवस्थामा दुवै पक्षलाई निषेध नगरी अघि बढ्ने निर्णय लिएको थियो । काँग्रेसका एक नेताका अनुसार त्यसको अर्थ ओली सरकारलाई निरन्तरता दिने भन्ने थिएन । ‘ओलीले आफ्नो विकल्प अघि सार्ने विषयमा केही

सरकारसँग वार्ता गर्न विप्लव समुहले बनायो प्रकाण्डको नेतृत्वमा वार्ता समिति

काठमाडौं । प्रतिबन्धित नेकपा ‘विप्लव’ समूहले सरकारसँग वार्ता गर्न नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको छ । टोलीमा उदय चलाउने ‘दीपक’ सदस्य छन् । पछिल्लो समय सरकारी तवरबाट समेत वार्ताका लागि पहल भएपछि विप्लव समूहले सहज वातावरणमा राजनीतिक गर्ने परिस्थिति बनाइए वार्ता गर्न तयार रहेको बताएको थियो । यसै सिलसिलामा सरकारले गृहमन्त्री राम बहादुर थापा बादलको नेतृत्वमा प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहेको वार्ता समिति गठन

गाउँपालिका अध्यक्ष घुस लिएको आठ लाख रुपैयाँ भुइँमा फालेर फरार, चालक पक्राउ

काठमाडौं । धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष घुस लिएको आठ लाख रुपैयाँ भुइँमा फालेर फरार भएका छन् । उनका चालक भने पक्राउ परेका छन् । अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले भवन निर्माण सम्पन्नपछि भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली खटिएको थियो । अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री गाउँपालिकाको गाडीमा भाग्ने क्रममा अख्तियारको टोलीलाई देखेपछि आठ लाख रुपैयाँ भुइँमा फालेर भागेका अख्तियारले जनाएको छ । अख्तियारको

ज्येष्ठ नागरिकको बजेटमा  जनप्रतिनिधि र कर्मचारीहरु भ्रमणमा

काठमाडौं । मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेट दुरुपयोग गर्दै आइतबार भ्रमणमा निस्किएका छन्। गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले भ्रमण टोलीको नेतृत्व गरेका छन्। गाउँपालिकाले प्रकाशन गरेको योजना पुस्तिकाको पृष्ठ नम्बर १५४ मा सामाजिक विकास कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक अवलोकन भ्रमण शीर्षकमा ६ लाख रुपैयाँ विनियोजन गरिएको छ। सोही शीर्षकको बजेटबाट कर्मचारी र जनप्रतिनिधि प्रदेश २ र बागमती प्रदेशका स्थानीय तहको पाँचदिने घुमफिरमा निस्किएका हुन्।

नवलपरासीमा दुई वटा ट्रक आपसमा जुध्दा दुवै चालकको मृत्यु, दई जना घाइते

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वीनवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक आपसमा जुध्दा दुवै चालकको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । ना६ख ३०११ र ना७ख ७०२३ नम्बरका ट्रक गएराति १२ बजे आपसमा ठोक्किएका थिए । दुर्घटनामा ३०११ नम्बरको ट्रक चालक पोखरा महानगरपालिका वडा नं. १५ बस्ने ५१ वर्षीय खिमबहादुर विक र ७०२३ नम्बरको ट्रक चालक मकवानपुरगढी गाउँपालिकाका ३५ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय रजहरले

नेकपा विवादका कारण संसद सचिवालय अफ्ठ्यारोमा

काठमाडौं । नेकपा विवादले संसद्का कामकारवाही सरल तरिकाले अघि बढ्न नसक्ने भएपछि संसद् सचिवालयलाई दल व्यवस्थापनमा कठिनाइ हुने भएको छ । संसद् विघटनअघि र पुनः स्थापनापछि संसद् बैठकमा उही राजनीतिक दल भए पनि नेकपाभित्रको विचलनले अप्ठेरो अवस्था आउने संकेत देखेपछि यतिबेला संसद् सचिवालय निकै सकसमा परेको छ । अबका विभिन्न बैठकमा आमन्त्रण गर्ने, सुविधा दिने र अन्य छलफलहरूमा हुने व्यवस्थापनमा संसद् सचिवालयलाई आफ्नो तर्फबाट निर्णय लिन कठिनाइ हुने संसद् सचिवालयका

फेरी बढ्यो पेट्रोलियम पदार्थमा मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल मट्टितेलको मूल्य प्रतिलिटर २/२ रुपैयाँ बढाएको हो । त्यस्तै, र आन्तरिक उडानमा खपत हुने हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय उडानमा प्रयोग हुने हवाई इन्धनको मूल्य भने प्रति किलोलिटर २५ अमेरिकी डलर वृद्धि गरिएको छ । वृद्धि भएको

फागुन २३ गतेका लागि राष्ट्रपति भण्डारीवाट संसद अधिवेशन आह्वान

काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि संसद अधिवेशन आह्वान गरेकी छन् । सोमबार विहान बसेको मन्त्रिपरिषद् बैठकले गरेको सिफारिस अनुसार राष्ट्रपतिले फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् । सोमबार अपरान्ह राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नयाँ बानेश्‍वरस्थित संसद भवनमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिएको उल्लेख छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा

पार्टी विभाजन हुने विधेयक ल्याए प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने कांग्रेसको तयारी

काठमाडौं । काँग्रेसले नेकपाको आन्तरिक झगडाका कारण राष्ट्र र संसद्लाई लामो समय बन्धक राख्न नमिल्ने भन्दै विवाद चाँडो टुंगो लगाउन प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल–माधवकुमार नेपाल समुहलाई आग्रह गरेको छ । वैधानिक रुपमा नेकपा विभाजन हुने–नहुने टुंगो लाग्न नसक्दा भावी सत्ता समीकरण अन्योलमा बढ्दै गएको छ । काँग्रेसले प्रधानमन्त्री ओलीलाई पार्टी विभाजनका लागि अप्ठ्यारो परेमा दल विभाजनलाई सहज हुने गरी यसअघि ल्याएकै अध्यादेशलाई विधेयकका रुपमा ल्याए सहयोग गर्ने

काठमाडौं पछि पोखरामा विद्युतीय तारहरु भुमिगत गरिदै

काठमाडौं । विद्युत्‌ वितरण प्रणालीलाई प्रविधिमैत्री एवं अत्याधुनिक बनाउन तार भूमिगत गर्ने काम भइरहेको छ । नेपाल विद्युत्‌ प्राधिकरणले गत फागुनदेखि काठमाडौंको महाराजगन्ज-बूढानीलकण्ठ क्षेत्र, लैनचौर-लाजिम्पाट क्षेत्र, चाबहिल-बौद्ध क्षेत्रमा तार भूमिगत गर्ने काम गरिरहेको छ । महाराजगन्ज वितरण केन्द्रअन्तर्गत पर्ने महाराजगन्ज–बूढानीलकण्ठको काम करिब एक महिनामा सम्पन्न हुने चरणका रहेको काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख अभिषेक अधिकारीले जानकारी दिए । उनका अनुसार आयोजना यो क्षेत्रको लाजिम्पाटस्थित सांग्रिला