साहित्य

आफ्नोजस्तो नभएको आफ्नो देश

साहित्य एक हुल रहरहरूआज पनि साइत सार्दै थिएसपनाको भूगोलतिर मनहरू अड्याएरआफ्नो देश आफ्नोजस्तो भएन मनमनै गरेको कुरा यता प्रस्टै सुनिन्थ्यो भीडमा तर, सुन्नुपर्नेले सुन्दैनथ्यो । आँखाका डिलमा उभिएका  आशाका दानाहरू एक–एक गरेर खस्दै थिए टिप्दै थिए आफन्तहरू फाँदमा लस्कर हिजोजस्तै थियो आज पनि आफ्नो देशआफ्नोजस्तो भएनभुईंमा असरल्ल आवाजहरू  कानसम्म पुग्नुपर्थ्यो कसैकोतर, पुगेन कसैगरी । हिउँदमा मात्र साइबेरियाबाट चराहरू यता झर्छन् जाडो सकिएपछि फर्कन्छन् आफ्नैमा त्यति पनि छुट छैन हामीलाई  चहराउँदै गरेका बाह्रमासे घाउहरू  आफ्नो देश आफ्नोजस्तो भएन आर्तनाद गर्दै थिए

ढाकामोहन बरालको नयाँ पुल र नयाँ वर्ष

नयाँ पुल“बाबा, उताको पुलबाट किन कुनै पनि गाडीहरू नहिँडेर यो साँघुरो पुलबाट मात्रै हिँडेको ?,” छोरोले सोध्यो । “पुलको काम बाँकी छ होला,” मैले अनुमान लगाउँदै छोरालाई जवाफ दिएँ । बसमा सँगै बसेको एकजना भाइले भन्यो, “सुरुबाट नै गुणस्तर र मापदण्ड नपुर्याएको भनी विशेषज्ञले भन्दा भन्दै ठेकेदारको मुढे पेलाइले बनाएको हो ।” “कसरी जबरजस्ती बनाएछ त ?,” मलाई पनि जिज्ञासा लाग्यो । “पुलको काम सक्दा नसक्दै मन्त्री हौँला र बिल

विटु केसीको गजल

गजल निको पार्ने औषधि मागेको छ आजकलअचम्मको रोगले दागेको छ आजकल जति समाउन खोज्छु उति फुस्किरहन्छआफैबाटै केही चिज भागेको छ आजकल जब आफ्नैका अनुहारहरू बदलिँदै गएऐना हेर्न असाध्य डर लागेको छ आजकल सकेसम्म खोजे तिनको मनभित्र कतिअपनत्व त भित्तामा टाँगेको छ आजकल यो जीवन मिथ्या, जगत सारा भ्रम लाग्छअवचेतन मन कतै जागेको छ आजकल(विटु के.सी.-अमेरिका)

भ्रमण आदेश

लघुकथा “आउने बुधबार भान्जाको व्रतबन्ध छ । बिदा मिलाउनुपर्ला है,” घरबाट निस्कने बेला उमाले भनिन् । “भन्नु त पर्ला, तर के हुन्छ कुन्नि !,” ऊ घरबाट निस्कियो । “एउटा भान्जाको व्रतबन्धमा डालो समाउने मामा नहुँदा बैनीले पीर मान्नुहुन्छ, विचार गर्नुहोला,” उमाले सम्झाइन् । हाकिमलाई लिएर अफिस जाने क्रममा गाडीमा भन्नुपर्ला भनेको हाकिमसाहेब फोनमा व्यस्त भए । अफिस गएपछि उसलाई हाकिमले भने, “ल, पर्सि मंगलबारबाट तीन दिनको भ्रमणकाज भर है ।”

अनि,कामचाहिँ के गर्नुहुन्छ नि !

हिजोआज परिचयका क्रममा ‘तपाईं के गर्नुहुन्छ ?’ भनेर मलाई सोधियो भने मुस्कुराएर भन्ने गर्छु, ‘म आमा हुँ, मेरा सन्ततिको असल भविष्य निर्माणको काम गर्छु ।’ जवाफ सुनेर मान्छे मलाई अचम्मले हेर्ने गर्छन् । कोही कस्तो अरट्ठिएर जवाफ दिएको होला भन्ने सोचेर चुप लाग्छन् । अनि, कोही दोहोर्याएरै प्रश्न गर्छन्, ‘हैन, कामचाहिँ के गर्नुहुन्छ ?’ आमा बन्नु मेरा लागि एउटा अनुपम वरदान थियो, प्रकृतिको । एउटा अविष्मरणीय अनुभव, अतुलनीय र अवर्णनीय

ललन सिंह भण्डारी ‘सुमित’ का दुई गजल

गजल-१टेन्सन थियो र आज पिएर आएखल्तिको पैसा भट्टिमा दिएर आए पिइरहे पिइरहे पिउदा पिउदैं थाके जवफेरी पनी हातमा बोत्तल लिएर आए हान्न त हानेउ तिमीले नजरको तिरलेलाग्यो तिर मुटुमा फेरी जिएर आए तिमिले मलाई छोडेदेखी बोत्तल नै भयो मेरो साथी,च्यात्तिएको मुटुपनी आज फेरी सिएर आए । गजल- २ पिऊंदिन भन्थे तानी तानी पिलायौं तिमीले,हजारौंको भिडमा छानी छानी पिलायौं तिमीले त्यसैले त आज पिऊने मेरो बानी भयोहो साच्चै भन्छु जानी जानी

लीलाराज दाहालका दुई गजल

गजल — १बिनाकसुर सभा छली भाग्नु हुन्न भाइकान नछामी हल्लापछि लाग्नु हुन्न भाइ आफूले चाहिँ के दिएँ सोच्नुपर्छ सधैँहरेक चीज माटोसँगै माग्नु हुन्न भाइ धैर्यताको बाँधलाई थुनी राख्नुपर्छबेहोसीमै आत्तिएर जाग्नु हुन्न भाइ आफन्त त सधैँभरि आफ्नै रहन्छ निमित्र छोडी रिपूतिर लाग्नु हुन्न भाइ ‘लीला’ गर्न सधैँभरि छुट छँदै छ तमर्यादाको पर्खालचाहिँ नाघ्नु हुन्न भाइ । गजल — २उज्यालोले भित्र मुटु जल्छ कसैकोसमयले नै हुलिया बदल्छ कसैको जित्छु भन्ने चाहना लिई

प्रदिप रोदनका दुई मुक्तक

मुक्तक आँखाभरी पानी हुन्छ भनेकै हुँमुटुभरी जलेर खरानी हुन्छ भनेकै हुँत्यतिबेला जे पर्छ व्यहोरौला भन्यौंमैले मायामा नोक्सान हुन्छ भनेकै हुँ । रात रातभर रहेछ दिन दिनभर रहेछसमय तेरो पनि मेरो जस्तो स्तर रहेछहेरियो बुझियो तिम्रो बस्तीमा पनिपत्थर भगवान,भगवान पत्थर रहेछ।

कलियुगका सन्तनु

लघुकथा कलियुगका सन्तनुस्वर्गमा भएको गोला प्रथा अनुसार राजा सन्तनु र गंगाको भागमा नेपाल लेखेको चिट परेपछि काठमाडौँ छिरेकी गंगाले शारदे घाम छिर्ने बैठक कोठाको सोफामा बसेका  सन्तनुसँग भनिन् , स्वामी बिहेकै बखतमा हजुरले मैले जे जे भन्छु अवश्य मान्नेछु भन्ने बाचा सहित मलाई भित्र्याउनु भएकै हो।अब त्यो बाचा पूरा गर्ने दिन आएको छ । निकै गम्भीर मुद्रामा देखिएकी गङ्गाको आंखामा आंखा जुधाउंदै सन्तनुले भने , माग प्रिय तिमीलाई जे माग्नुछ

व्यस्त सहरको कथा

व्यस्त सहरमाआफूलाई नितान्तएक्लो पाउँछुव्यस्त भीडभाडमाएक्लो पार्ने सहरको विशेषता भइसकेको रहेछ ! मलाई लाग्थ्यो, सहर मेरो पनि होयहाँका मानिस मेरै आफन्त हुन्यहाँको समृद्धिमा मेरो पनि हिस्सा छप्रत्यक्ष सरोकार छ सहरसँगमेरो पनितर, होइन रहेछसहर बिरानो रहेछसहरको रहनसहन, जनजीवन,सोचेभन्दा बिल्कुल फरक रहेछमालिक प्रवृत्तिको विकास भएको रहेछघैला, मैला, गरिब, पाखे, भेडादेख्दा रहेछन् गाउँमा बस्नेलाईटोपी खस्ने आलिसान महलगहिरिएर हेर्यो भनेहाम्रै पसिनाले बनेको हुनसक्छयहाँको माटो परीक्षण गरियो भनेहाम्रै पुर्खाको रगतको गन्ध मिल्छ होला ! दुःख लाग्छ–जहाँ हाम्रो