नेपालगञ्जमा रात्रि दौड सम्पन्न, सेनाका पाल र साहु बने प्रथम
नेपालगंज । नेपालगन्ज १० किमि नाइट रनको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जितेका छन्। संविधान दिवसका अवसरमा बिहीबार राति नेपालगन्जमा भएको रात्री दौडमा पालले ३१ः०७ः२१ मिनेटमा दस किलोमिटर दौड पूरा गर्दै च्याम्पियन बनेका हुन्। यसमा सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लबका सन्तोष विक्रम बिष्ट दोस्रो र किरणसिंह बोगटी तृतीय भए। सन्तोषले ३२ः४८ः४४ मिनेटमा निर्धारित दुरी पूरा गर्दा किरणले ३२ः५४ः६३ मिनेटमा दौड पूरा