‘फूलबारी’को पोस्टर सार्वजनिक

काठमाण्डौं । कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको निर्देशनमा तयार भएको फिल्म ‘फूलबारी’को आधिकारिक पोस्टर सार्वजनिक भएको छ । आइतवार निर्देशक गुरुङले आफ्नो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको एक पोस्टरमा फिल्मका प्रमुख कलाकारहरु दयाहाङ राई, विपिन कार्की, अरुणा कार्की, प्रियंका कार्की, शिल्पा मास्के र गौमाया गुरुङ अलग-अलग भावभंगीमा प्रस्तुत छन् । पोस्टरमा विपिनको गेटअपले ध्यान खिच्छ । उनी पाको उमेर (५०-५५ वर्ष) को पुरुषको रुपमा चित्रित छन् । शिरमा ढाकाटोपी र आँखामा

फिल्म ‘२.० छड्के’ फागुन १९ गतेदेखि रिलिज हुने

काठमाडौं । अनमोल केसी अभिनीत फिल्म ‘२.० छड्के’ को प्रदर्शन मिति घोषणा गरिएको छ। फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको हो। यो फिल्म फागुन १९ गतेदेखि प्रदर्शन हुनेछ। सार्वजनिक पोस्टरमा अनमोललाई ग्याङस्टार लुक्समा प्रस्तुत गरिएको छ। उनीसँगै केही केटाहरू पनि बुलेट बाइक चलाइरहेका छन्। निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अनमोलका साथै रोविन तामाङ र कमलमणि नेपाल मुख्य भूमिकामा छन्। अन्य कलाकार भने निर्माण पक्षले सार्वजनिक

दोस्रो साता पनि दर्शक बढाउदै ‘महापुरूष’

काठमाण्डौं । प्रदीप भट्टराईद्वारा निर्देशित फिल्म ‘महापुरूष’ले दोस्रो साता पनि बक्सअफिसमा पहिलो नम्बरमा ट्रेन्ड गरिरहेको छ । पहिलो हप्ता ५ करोड ग्रस कमाई गर्दै लगानी सुरक्षित गरेको यस फिल्मले दोस्रो हप्ताको शुक्रवार देशभर ५० देखि ६० प्रतिशतसम्म अकुपेन्सी कायम गर्दा शनिवार पनी दर्शकको राम्रो साथ पाएको छ । काठमाडौंका विग मुभिज, क्यूज सिनेमाज्, एफक्यूब सिनेमाज्, विएसआर मुभिज्, आईएनआई सिनेमाज्, वान सिनेमाज्, रञ्जना सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्सलगायतका मल्टीप्लेक्सहरुमा पनि दोस्रो हप्ता दर्शक

ऋतिक र सबाले मनाए दिपावली

काठमाण्डौं । भारतीय अभिनेता ऋतिक रोशनको यो दिवाली निकै विशेष रह्यो । यस वर्ष अभिनेताले आफ्नी प्रेमिका सबा आजादसँग दिपावली मनाए। अक्टोबर २४ मा साबाले आफ्नो सामाजिक सञ्जालमा धेरै तस्बीर शेयर गरेकी छिन्, जसमा अभिनेत्री ऋतिकको घरमा दिवाली मनाउँदै गरेको देखिन्छ । तस्बीरमा यो जोडी सेतो रंगको जातीय पोशाकमा देखिएका छन् । दुवैको तस्बीर सामाजिक सञ्जालमा चर्चाको विषय बनेका छन् । साबाले ऋतिकसँगको निकै प्यारो सेल्फी पोस्ट गरेकी छिन्, जसमा

बेलायती अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला घोषित

काठमाडौं । हलिउडकी चर्चित अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला बनेकी छन् । अभिनेत्री जोडी कोमर ९८.७ रेटिङका साथ विश्वकै सबैभन्दा सुन्दर महिला घोषित भएकी हुन् । यसका साथै बियोन्से, किम कार्दसियन र बलिउडकी सुन्दरी दीपिका पादुकोण पनि उत्कृष्ट १० को सूचीमा अटाएका छन् । बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्नो अभिनयका साथ-साथै सुन्दरताका लागि पनि परिचित छन् । हालै दीपिकाले कान्स फिल्म फेस्टिभलमा निर्णायक सदस्य बनेर निकै चर्चा कमाएकी छन्

बेलायती अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला घोषित

काठमाडौं । हलिउडकी चर्चित अभिनेत्री जोडी कोमर विश्वकै सुन्दर महिला बनेकी छन् । अभिनेत्री जोडी कोमर ९८.७ रेटिङका साथ विश्वकै सबैभन्दा सुन्दर महिला घोषित भएकी हुन् । यसका साथै बियोन्से, किम कार्दसियन र बलिउडकी सुन्दरी दीपिका पादुकोण पनि उत्कृष्ट १० को सूचीमा अटाएका छन् । बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्नो अभिनयका साथ-साथै सुन्दरताका लागि पनि परिचित छन् । हालै दीपिकाले कान्स फिल्म फेस्टिभलमा निर्णायक सदस्य बनेर निकै चर्चा कमाएकी छन्

नोरा फतेहीलाई ढाकामा नृत्य गर्न रोक

मुम्बई । नोरा फतेही बलिउडकी लोकप्रिय डान्सरमध्ये एक हुन् । उनी टेलिभिजनमा एक डान्स रियालिटी शोमा निर्णायक पनि छन् । नोराले ठूला फेस्टिभल तथा इभेन्टमा नृत्य प्रस्तुति दिँदै आएकी छन् । यिनै नोरालाई बंगलादेशको सरकारले ढाकामा आयोजना हुन लागेको एक कार्यक्रममा सहभागी जनाउन रोक लगाएको छ । समाचार अनुसार बंगलादेश सरकारले डलर बचाउन यो निर्णय लिएको हो । बंगलादेशको सांस्कृतिक मामिलाको मन्त्रालयले एक सूचना जारी गर्दै भारतीय फिल्म उद्योगमा आफ्नो

चारवटा विदेशी फिल्म संगै ‘हिजोआजका कुरा’ प्रदर्शनमा आउदै

काठमाण्डौं । आज शुक्रवारबाट नेपाली सिनेमाहलमा एक नेपाली र चारवटा विदेशी फिल्महरु प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘हिजोआजका कुरा’, भारतीय फिल्मतर्फ ‘डाक्टर जी’, ‘गडफादर’ र ‘कान्तारा’ तथा जापानको ‘वान पिस रेड’ रिलिज भएका हुन्। सन्तोष पन्तको निर्माण रहेको ‘हिजो आजका कुरा’ आजबाट रिलिज भएको छ। सन्तोषका छोरा साकार पन्तले यसै फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन्। फिल्मले काठमाडौंमा बसोबास गर्ने परिवारका घरेलु सम्बन्धमा आएका समस्याको कथा भन्छ। फिल्ममा सन्तोषका साथै रमा

नायक शाहको पेसी निर्वाचनका कारण स्थगित

काठमाण्डौं । नाबालिग जबर्जस्ती करणीको अभियोगमा तनहुँ कारागारमा रहेका नायक पल शाह विरुद्धको सुनुवाइ तेस्रो पटक स्थगित भएको छ । तनहुँ अदालतमा आजका लागि तोकिएको पेसी स्थगित भएको हो । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका कारण शाह विरुद्धको सुनुवाई स्थगित भएको तनहुँ अदालतका इजलास अधिकृत कृष्ण गौतमले जानकारी दिए । यसअघि शाह विरुद्धको सुनुवाइ भदौ १५ गते असोज २ गतेका लागि तोकिएको थियो ।

कलाकार बुद्धि तामाङले गरे बिहे

काछमाण्डौं । कलाकार बुद्धि तामाङ वैवाहिक जीवनमा बाँधिएका छन् । शुक्रबार भक्तपुरको एक पार्टी प्यालेसमा उनले मकवानपुरकी अनु थिङसँग विवाह गरेका हुन् । तामाङ परम्परा अनुसार भएको विवाहमा दुवै पक्षका परिवारका सदस्य, आफन्त तथा नजिकका साथीहरु उपस्थित थिए । अनु स्नातक तहमा अध्ययनरत् छिन् । ३९ वर्षको उमेरमा दुलहा बनेका बुद्धिको अनुसँग मागी बिहे हो । उनीहरुको विवाह तामाङ परम्पराअनुसार भइरहेको छ । ३० वर्षीया अनु थिङ अहिले अध्ययनरत छिन्