साम्राज्ञी आफ्नो पारिश्रमिक घटाउन तयार

सम्भवतः यति लामो समयसम्म फिल्म क्षेत्रले विश्राम लिएको पहिलो पटक हो । कोरोनाको संक्रमण फैलिन नदिन गएको चैतबाट सरकारले लकडाउन गरेपछि फिल्म क्षेत्र सुनसान छ । फिल्म निर्माण, प्रदर्शन र वितरण ठप्प छ । ६ महिनायता फिल्म सम्बन्धि कुनै कार्य नहुँदा कलाकार फुर्सदिला भएका छन् । प्राविधिकहरुलाई बिहान बेलुका हातमुख जोर्न समेत समस्या हुन थालेको छ । संक्रमितको संख्या नघट्नुले दशैंअघि फिल्म क्षेत्र सञ्चालनमा आउने सम्भावना न्यून छ । स्थिति सामान्य

सुशान्त सिंह निधन प्रकरण : रिया चक्रवर्तीलाई १४ दिनको जेल सजाय

काठमाडौं – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको डेढ महिनाभन्दा बढी बितिसकेको छ । मृत्युपछि पनि अहिले सुशान्त समाचारमा छाइरहेका छन् । सुशान्त सिंह राजपुत निधन प्रकरणमा अनुसन्धानको क्रममा नयाँ खुलासाहरु हुँदै आइरहेको छ । यसैबीच यस घटनाको अनुसन्धानको क्रममा  सुशान्तकी प्रेमिका तथा अभिनेत्री रिया चक्रवर्ती मंगलबार पक्राउ परिसकेकी छिन् । भारतिय मिडियाका अनुसार  सुशान्तको मृत्युप्रकरणबारे अनुसन्धानका लागि भन्दै नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले उनलाई पक्राउ गरेको बताइएको छ ।

'प्रेम गीत ३' निर्देशक छेतन गुरुङको निधन

चलचित्र निर्देशक छेतन गुरुङको निधन भएको छ । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘प्रेम गीत ३’का निर्देशक गुरुङको मङ्गलवार राति मेट्रो हस्पिटल महाराजगन्जमा निधन भएको हो । केही दिन अघी उनी अस्पताल भर्ना भएका थिए । कलेजोमा समस्या देखिएका उनको उपचारको क्रममा नै निधन भएको हो । उनको निधनबारे निर्माता सन्तोष सेनले जानकारी दिएका हुन् । अनुसार बिहीबार छेतनको अन्त्येष्टि गरिने छ ।  छेतनले नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’

गायक महेश काफ्लेको नयाँ गीत'लज्जावती झार' सार्वजनिक (भिडियो)

गायक महेश काफ्लेको नयाँ गीत ‘लज्जावती झार’ सार्वजनिक भएको छ ।  गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको यस गीतको भिडियो सोमबार युट्युबमा सार्वजनिक भएको हो । गीतमा शब्द तथा सङ्गीत गायक महेश कै रहेको छ । यस गीतको भिडियोमा गायक महेश काफ्ले, अभिनेत्री आँचल शर्मा र असीम शाहको अभिनय रहेको छ । गीतको भिडियोलाई हरि हुमागाईँले छायाङ्कन, आसिफ शाहले निर्देशन र लोकेश बज्राचार्यको सम्पादन रहेका हुन्।

लोकप्रिय अभिनेता नाजिर हुसेनको आज जन्मदिन

नेपाली सिने नगरिका चर्चित अभिनेता नाजिर हुसैनको आज जन्मदिन हो । उनी आजकै दिन अर्थात भदौ २२ गते सिमरा, बारा मा जन्मिएका थिए । उनका बुवा जादुगर हुन । आफ्नो छुट्टिका बेला उनी बुवा संग हिड्ने गर्थे र बुवाको कार्यक्रम सुरु हुनुअघि नाच्ने गर्थे । नेपाली चलचित्रको फाटमा आशा गरिएको अभिनेता हुन् नाजिर हुसेन । उनी चलचित्रमा प्रवेश गर्नु भन्दा अगाडी एउटा रंगकर्मीको रुपमा चिनिएका थिए । उनले आफ्नो व्यबसायीक

प्रेमी अर्जुनपछि प्रेमिका मलाइकालाई पनि कोरोना पोजेटिभ

काठमाडौं २१, भदौ । बलिउडकी चर्चित कलाकार मलाइका अरोरालाई कोरोना पोजेटिभ देखिएको छ। मलाइकाकी बहिनी अमृता अरोराले मलाइकालाई कोरोना पोजेटिभ भएको बताउनुभयो । आइतबार नै मलाइकाका प्रेमी अभिनेता अर्जुन कपूरलाई कोरोना पोजेटिभ देखिएको थियो। अर्जुनले आफू कोरोना पोजेटिभ भएको सामाजिक सञ्जालबाट जानकारी दिनुभएको थियो । भारतमा पछिल्लो समय कोरोना संक्रमितको सङ्ख्या बढ्दो छ। पछिल्लो समय बलिउडका कलाकारलाई पनि कोरोना पोजेटिभ भएको खबरहरु बाहिरीएका छन्। यो भन्दा पहिले भारतका दिग्गज अभिनेता

सुशान्त निधन प्रकरण : रियाका भाइपछि सुशान्तका घरेलु कामदार पक्राउ

काठमाडौं – अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको डेढ महिना नाघिससकेको छ । मृत्युपछि पनि उनी अहिले समाचारमा छाइरहेका छन् । यस घटनाको सत्य तथ्य पत्ता लगाउनु पर्ने भन्दै सुशान्तका समर्थकहरुले आवाजहरु उठाइरहका छन् । अनुसन्धानको क्रममा पछिल्लो समय उनका बारेमा नयाँ खुलासाहरू भइरहेका छन्। यस केसमा प्रेमिका रिया चक्रवर्तीलाई अभियुक्त मान्दै सीबीआईले अनुसन्धान गरिरहेको छ । यस्तै यस प्रकरणमा  रियाका भाइ श्वोवीक चक्रवर्तीलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो ९एनसीबी० ले पक्राउ

दिपेन्द्रको ‘चिसो मान्छे’ मा अर्पण र स्वस्तिमाको जोडी

काठमाण्डाैं । युवा निर्देशकको रुपमा चिनिएका निर्देशक दीपेन्द्र के. खनाल  लकडाउनकै विचमा फिल्म ‘चिसो मान्छे’ को स्क्रिप्टमा काम गरिरहेका छन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘आमा’ ले व्यवसायिक रुपमा सफलता प्राप्त गरेपछि उनले यो फिल्ममा पनि समाजभित्रको कथालाई टिप्दैछन् । कोरोनाको महामारी अन्त्य भएपश्चात छायांकन सुरु गरिने फिल्म आगामी वर्षको भदौ ११ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । सर्मिला पाण्डेले निर्माण गर्ने फिल्मको लिड रोलमा स्वस्तिमा खड्कालाई अफर

बाढी पीडितलाई पल शाहले गरे सहयोग

नायक पल शाह समाजसेवामा निकै सकृय भएर लागेका छन् । कोरोना कहरले समस्यामा परेका चलचित्र प्राविधिकहरुलाई ५ लाख बराबरको सहयोग गरेका पलले फेरि बाढी पिडितलाई सहयोग गरेका छन् । केही हप्ता लकडाउन खुकुलो हुदा म्युजिक भिडियोमा व्यस्त भएका पलले फेरि लकडाउन भएपछी कालिकोटको बाढी पिडितलाई सहयोग गरेका छन् । उनले कालिकोट पुगेर बाढी पहिरोबाट प्रभावित ४० घर परिवारलाई खाद्यान्न र लत्ताकपडा वितरण गरेका हुन् ।       ‘हाम्रो टिम नेपाल’

जन्मदिनमा दीपाश्रीको प्रण, ‘अब गल्ती गर्दिनँ, व्यक्तित्व विकासमा ध्यान दिन्छु’

काठमाडौं ६ भदौ । एक टेलिभिजनलाई दिएको अन्तरवार्तामा अभिनेता राजेश हमालको विषयमा दिएको अभिव्यक्तिका कारण सामाजिक संजालहरूमा चर्को आलोचनाको सामाना गरेकी अभिनेत्री, निर्माता तथा निर्देशक दीपाश्री निरौलाले एक भिडिओ पोस्ट गर्दै आगामी दिनहरूमा आफू सावधान हुने बताएकी छन्। आफ्नो जन्मदिन पारेर आज पोस्ट गरिएको भिडिओमा निरौलाले सो अन्तरवार्ताका क्रममा आफू आवेगमा आउँदा त्रृटि भएको र सो घटनाबाट पाठ सिकेको बताउँदै आगामी दिनहरूमा सतर्क हुने भनाइ राखेकी छन्। पोस्ट गरिएको रेकर्डेड