राजनीति

राष्ट्रियसभा बैठक दिउँसो १ बजे बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ । हिजो दिउँसो २ बजेर ३१ मिनेटमा बोलाइएको बैठक प्रमुख प्रतिपक्ष एमाले लगायतका दलले अवरुद्ध गरेपछि आधा घण्टाका लागि स्थगित भएको थियो । एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादित अभिव्यक्तिले सार्वभौम संसदको अपमान भएकाले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान राख्दै विरोध जारी राखेपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक

कांग्रेस जिल्ला सभापतिहरूको भेला आजबाट काठमाण्डौमा

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला आज बस्दैछ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १२ बजे बैठक बस्न लागेको हो । पार्टी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूलाई छलफलका लागि काठमाडौं बोलाएका हुन् । आजबाट सुरु हुने भेला भोलि (शुक्रबार) सम्म जारी रहनेछ । बैठकमा मुख्य छलफल पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे हुनेछ । जिल्ला सभापतिहरूले क्रियाशील सदस्यको जिल्लागत अवस्था जानकारी गराएपछि त्यसमाथि छलफल

कांग्रेस नेतृत्वको सरकारमा राप्रपा सहभागी नहुने

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न सत्तारुढ गठबन्धनको बैठकले कोशी प्रदेशमा कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । गठबन्धनले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेसँगै कांग्रेस संसदीय दलका नेता उद्धप थापा मुख्यमन्त्री बन्ने भएका छन् । तर, थापा नेतृत्वको सरकारका राष्ट्रिय प्रजातन्त्र पार्टी भने सहभागी नहुने भएको छ । गठबन्धनको निर्णयपछि दृष्टिन्यूजसँग कुरा गर्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अब प्रदेश सरकारमा सहभागी हुने सम्भावना लगभग समाप्त

चीन भ्रमण सकेर गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कने

काठमाडौं । चीन भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज (आइतबार) स्वदेश फिर्ता हुने भएका छन् । पाँच दिने भ्रमणका लागि मंगलबार राती चीन गएका गृहमन्त्री श्रेष्ठ भ्रमण परा गरी आज स्देश फर्कन लागेका हुन् । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठ र चीनका उपप्रधानमन्त्री ह लि फङलगायत विशिष्ट व्यक्तित्वहरुसँग द्विपक्षीय भेटवार्ता गरेका थिए । उपप्रधानमन्त्री श्रेष्ठले छेन्दुमा आयोजित १९औँ पश्चिम चीन अन्तर्राष्ट्रिय मेलालाई मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए ।

मुख्यमन्त्री कार्कीले आज बिश्वासको मत लिने

बिराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कार्कीले बिहीबार विश्वासको मत लिन लागे पनि त्यो सम्भवः नभएपछि आज (शुक्रबार) विश्वासको कत लिन लागेको हो । बिहिबार मुख्यमन्त्री कार्की अनुपस्थित भएपछि ३० मिनेटका लागि स्थगित भएको बैठक पुनः सुचारू नभइ राती सुचना टाँस गरेर स्थगित गरिएको थियो । बैठक बिहान ११ बजे बोलाइएको छ । सरकारलाई समर्थन दिएको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिए

बजेटको विपक्षमा मतदान गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बजेटको विपक्षमा मतदान गर्ने भएको छ । आज बिहान बसेको संसदीय दलको बैठकले पार्टी बजेटको विपक्षमा उभिने निर्णय गरेको हो । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बजेटको पक्षमा समर्थन गर्न नसकिने बताए । प्रचण्ड नेतृत्वको सरकारबाट गत माघ २२ गते बाहिरिएपछि रास्वपा प्रतिपक्षको बेन्चमा उभिएको छ । प्रतिनिधिसभामा रास्वपाका २२ सांसद छन् । सरकारले आजै प्रतिनिधिसभाबाट बजेट पारित गर्ने प्रक्रिया अघि बढाउँदै छ

लुम्बिनी प्रदेशसमा आजदेखि बजेटमाथि छलफल

काठमाडौं । लुम्बिनी प्रदेशसभामा आजदेखि आगामी वर्षका लागि ल्याइएको बजेटमाथि छलफल हुने भएको छ । बजेटबारे छलफलका लागि प्रदेश सभा बैठक आज दिउँसो तीन बजेका लागि बोलाइएको छ । आज बस्ने बैठकमा आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले प्रस्तुत गरेको आर्थिक वर्ष ०८०÷०८१ को बेजटमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । यसअघि असार १० गते बजेटमाथि छलफल गर्ने गरी बैठक आह्वान गरिएको थियो । तर बजेटमाथि सत्तापक्षीय

जसपाको केन्द्रिय समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को आज केन्द्रिय समितिको बैठक बस्दैँछ । भोली देखी सुरु हुने बिद्यान अधिवेसनको अन्तिम तयारीका लागि आज केन्द्रिय समिति बैठक बस्न लागेको हो । सो पार्टीका प्रवक्ता मनिष सुमनका अनुसार भोली (आइतबार) देखी नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु हुने बिद्यान अधिवेसनमा प्रस्तुत हुने मस्यौदा बिद्यानलाई अनुमोदन गर्नका लागि आजको बैठक बस्न लागेको हो । बैठकले केन्द्रिय समितिबाट मस्यौदा बिद्यान पारित गरे पछि बिद्यान अधिवेसनमा

नेपाल एयरलाइन्सका दुई पाइलट निलम्बित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ ।  काठमाडौँ–नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लङ्घन गरेको पाइएकाले उनीहरुलाई उडान सेवाबाट निलम्बन गरिएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार निलम्बमा परेका पाइलटले ए ३३० मापदण्ड ‘अपरेटिङ प्रोसिजर’ पनि पालना नगरेको पाएकाले निलम्बन गरिएको हो । प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि उडान सेवाबाट निलम्बन गरेको बताए पनि निलम्बनमा परेका

राष्ट्रियसभा गृहबाट समाजवादी मोर्चा औपचारिक रूपमा घोषणा

काठमाडौँ । राष्ट्रिय सभागृहबाट सोमबार समाजवादी मोर्चा नेपालको औपचारिक रूपमा घोषणा गरिएको छ ।  प्रधानमन्त्री तथा माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले औपचारिक रूपमा हस्ताक्षर गरेर समझदारीपत्रमा हस्ताक्षर गरेसँगै मोर्चाको औपचारिक रूपमा  घोषणा गरिएको हो । घोषणासभामा समझदारीपत्रमा हस्ताक्षर हुँदा सहभागी नेता कार्यकर्ताले मोर्चाको पक्षमा चर्को हुटिङ गरेका थिए ।