प्रधानमन्त्री प्रचण्ड दाङ जाँदै
काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दाङ जाँदैछन् । बेलझुण्डीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा हुने पाँचौं दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डसहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईसहितको टोली दाङ जान लागेको हो । विश्वविद्यालयको कुलपति एवं प्रधानमन्त्री प्रचण्डको अध्यक्षता तथा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीका कुलपति प्राध्यापक हरेराम त्रिपाठीको प्रमुख आतिथ्यतामा आज बिहान साढे ११ बजे दीक्षान्त समारोहको कार्यक्रम तय गरिएको छ