राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्बेक्षण पेश गर्ने

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन, बानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकमा अर्थमन्त्री प्रकाशशरण महतले ‘आब २०७९/८०को आर्थिक सर्बेक्षण पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ । प्रतिनिधिसभाको बैठक बस्नुअघि संघीय संसदको दुवै सदनको संयुक्त बैठक बस्दै छ । बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल र पारित हुने बताइएको छ ।

मैले घुस नखाँदा र नखुवाउँदा पापीहरु बौलाउन थाले:पर्यटनमन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूले घुस नखाँदा र नखुवाउँदा बौलाउन थालेले भन्दै आक्रोश पोखेका छन् । पशुपतिनाथको ३१ रोपनी जग्गामा मन्त्री किरातीले चलखेल गरेको भन्ने सञ्चारमाध्यममा समाचार आएपछि मन्त्री किराती आक्रोशित बनेका हुन् ।उनले आइतबार बिहानै सामाजिक सञ्जालमार्फत आफूले भ्रष्टाचार गरेको प्रमाणित भए एक मिनेटपनि मन्त्री पदमा नबस्ने घोषणा गरेका छन् । उनले भनेका छन्, ‘मैले घुस नखाँदा र नखुवाउँदा पापीहरु बौलाउन थाले, आखिरी

सङ्घीय संसद्को संयुक्त बैठक ११ बजे बस्दै

काठमाडौँ । सङ्घीय संसद्को संयुक्त बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफावार छलफल तथा पारित हुने सङ्घीय संसद्का महासचिव डा.भरतराज गौतमले जानकारी दिए । त्यसैगरी बैठकमा मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले सङ्घीय संसद्को बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८० को मस्यौदा प्रतिवेदनमाथिको संशोधनसहितको दफावार छलफल सदनमा गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

लुम्बिनीको प्रदेश सभा बैठक बस्दै

बुटवल। आज लुम्बिनीको प्रदेश सभा बैठक बस्दैछ । प्रदेश प्रमुख अमिक शेरचनका अनुसार बैठक आब्हानका लागि गत ९ जेठमा सिफारिस भएर आएको भन्दै जेठ १२ गते १३:०० बजेका लागि बैठक आब्हान गरिएको हो । प्रदेश प्रमुखका कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङ, देउखुरीमा बस्नेछ । यसअघिको प्रदेशसभा बैठक गत बैशाख २९ गते अन्त्य भएको थियो ।

सरकार रेशम चौधरीलाई ‘आम माफी’ दिने तयारीमा

काठमाडौं । सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आम माफी दिने तयारी गरेको छ । त्यसका लागि गृह मन्त्रालयबाट निवेदन राष्ट्रपति कार्यालयमा पुगेको छ । २०७२ भदौं ७ टिकापुरमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनामा दोषी ठहर भइ जन्मकैदको सजाय पाएका पूर्वसांसदसमेत रहेका चौधरीको बाँकी सजाय माफी दिन लागिएको हो । उनलाई यही जेष्ठ १५ गते ‘गणतन्त्र दिवस’को अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने

राष्ट्र र जनताको हितहुने गरि काम गर्ने वनमन्त्री महतोको प्रतिवद्धता

काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतोले राष्ट्र र जनताको हितहुने गरि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।राष्ट्र र जनताको हितहुने गरि काम गर्ने वनमन्त्रीको प्रतिवद्धता बुधबार शितल निवासमा पद तथा गोपनियताको सपथ लिएपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री महतोले भ्रष्टचारमा शुन्य सहनशिलताका साथ देश र जनताको हितमा काम गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले अहिलेको आर्थिक संकटमा नेपालको जडिबुटी लगाएतलाई प्रोत्साहन गरेर निर्यात गर्ने गर्दै विदेशी

मन्त्रीपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दैछ । नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनियताका सपथ ग्रहण अघि मन्त्रीपरिषद् बैठक बोलाईएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहान ८ः३० बजेका लागि मन्त्रीपरिषद बैठक बोलाएका हुन् । प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुनेछ ।  नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतो र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमीला कुमारी यादवको पद तथा गोपनियताको सपथ ग्रहण १० बजे हुनेछ ।

शरणार्थी प्रकरणमा ओलीका स्वकीय सचिवदेखि आईजीपीसम्म मुछिए

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ । त्यसका लागि गठित आठ सदस्यीय समितिले सोमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजनपत्र तयार गरिरहेको कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए । सरकारी वकिलको कार्यालयले अभियोजन दर्ता गर्ने अन्तिम तयारी गरिरहँदा यस प्रकरणमा जोडिएर नयाँ नामहरु बाहिर आएका छन् । पक्राउ परेका १६ मध्ये केहि आरोपाीले बयानका क्रममा अन्य

१६ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबै १६ जना थप ३ दिन हिरासतमा रहने भएका छन् । आइतबार जिल्ला अदालत काठमाडौंले १६ जनालाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको ठगी प्रकरणमा प्रतिनिधिसभा सदस्य तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालिन

लडाकु शिविरमा घोटाला भएको छैन: उपाध्यक्ष महरा

काठमाडौं । नेकपा माओवादी केन्द्रले लडाकु शिविरमा कुनै घोटाला नभएको जनाएको छ । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष कृष्णबहादुर महराले लडाकु शिविरमा घोटाला नभएको प्रष्ट्याएको हुन् । पार्टीको समसामयिक विषयमा जानकारी गराउन आयोजिक पत्रकार सम्मेलनमा उपाध्यक्ष महराले झण्डै ६ वर्ष माओवादी सेनाको व्यवस्थापन र समायोजनको जिम्मा राज्यले लिएको बताए । उपाध्यक्ष महराद्वारा जारी विज्ञप्ति भनिएको छ, ‘यसका दुईटा पक्ष छन् । पहिलो ५ महिना शान्ति प्रकृयालाई सार्थक