राजनीति

बागमतीका मुख्यमन्त्रीले माघ ३ मा विश्वासको मत लिने

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी माघ ३ गते संसदबाट विश्वासको मत लिने भएका छन् । गत पुस २५ गते ५ दलको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधार (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका उनले माघ ३ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् । २५ गते नियुक्त भएका मुख्यमन्त्री जम्कट्टेलले २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार सम्हालेका

लुम्बिनीमा एमालेका लिला गिरी मुख्यमन्त्री बन्दै

काठमाडौं । लुम्बिनी प्रदेशमा नेकपा एमालेका नेता लिला गिरीले आज नयाँ सरकारका लागि मुख्यमन्त्रीमा दावी पेश गर्दैछन् । सरकारको नेतृत्वमा दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय आज सकिंदै छ । प्रदेश प्रमुख अमिक शेरचनले आज (पुस २७ गते) ४ बजेभित्र सरकारको नेतृत्वमा दाबी पेश गर्न आह्वान गरेका थिए । प्रदेश प्रमुखले दिएको समय सकिनु अगाडि नै नेकपा एमालका नेता गिरीले माओवादी केन्द्र लगायत दलहरुको समर्थनमा सरकारको नेतृत्वमा दाबी प्रस्तुत

पृथ्वीनारायण शाहका उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताएकी छन् । पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले तत्कालीन समयमा पृथ्वीनारायणले लिएको लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको उल्लेख गरेकी छन् । ‘स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न, जनतालाई अधिकारसम्पन्न बनाई राज्यसँग अपनत्वको भाव कायम राख्न

सरकारले ५० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने

काठमाण्डौं । सरकारले गार्हस्थ्य उपभोक्तालाई ५० युनिट बिजुली निःशुल्क रुपमा उपलब्ध गराउने भएको छ । हाल सरकारले त्यस्ता उपभोक्तालाई २० युनिट बराबरको बिजुली निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । आन्तरिक रुपमा ऊर्जाको खपत बढाउने र आर्थिक विकासको कामलाई अगाडि बढाउने लक्ष्यका साथ निःशुल्क बिजुली उपलब्ध गराउने योजना अगाडि सारेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा सत्ता साझेदार दलका शीर्ष नेताहरुको उपस्थितिमा आज सार्वजनिक

प्रदेश १ सरकारले घटायो मन्त्रालयको संख्या

विराटनगर । प्रदेश १ सरकारले मन्त्रालय संख्या घटाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्रालयको संख्या १४ वटाबाट घटाएर ९ वटा बनाउने निर्णय गरेको हो । मन्त्रालय धेरै भए भन्ने गुनासो आइरहेको भन्दै मन्त्रालय संख्या घटाएको मन्त्री भक्ति सिटौलाले जानकारी दिए । बैठकले प्रशासनिक सुधार गर्ने, सार्वजनिक खर्च कटौती गरी मितव्ययिता कायम गर्ने र शीतलहरबाट जनतालाई जोगाउन पूर्व तयारी गर्ने निर्णय गरेको छ । यस्तै सेवा प्रवाह सुधार ल्याउन

प्रदेश-१ : मुख्यमन्त्री हिक्मत र ३ मन्त्रीले लिए शपथ

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङसँग कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । त्यस्तै, कार्कीले ३ जनालाई मन्त्री पनि नियुक्त गरेका छन् । एमालेबाट तिलकुमार मेन्याङ्बो, राप्रपाबाट भक्ति सिटौला र जसपाबाट निर्मला लिम्बू मन्त्री नियुक्त भएका छन्  । विना विभागीय मन्त्री बनेका उनीहरूले पनि मुख्यमन्त्री कार्कीसँगै शपथ लिएका छन् ।

संघीय संसद्को अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदै

काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संघीय संसद्को अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अपराह्न १ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अलग-अलग सञ्चालन हुनेछन् । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि प्रतिनिधिसभाको पहिलो अधिवेशन र राष्ट्रियसभाको नियमित १३औँ अधिवेशन सुरु हुनेछ । दुवै सदनका बेग्लाबेग्लै बैठकमा साझा कार्यसूचीका रुपमा संघीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ । यस्तै प्रधानमन्त्रीको

जसपाले सरकारलाई विश्वासको मत दिने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)नेपालले सरकारलाई विश्वासको मत दिने भएको छ । सत्ता साझेदार दलहरुको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति जस्ता विषय समावेश गरेपछि सरकारलाई विश्वासको मत दिने निर्णय भएको प्रवक्ता मनिष सुमनले जानकारी दिए । शनिबार एक विज्ञप्ति जारी गर्दै जसपाले गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्यूनतम साझा कार्यक्रमको खाकामा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका दुई वटा

कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिँदैन : गगन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने कि नदिने भनेर छलफल गर्ने विषय नै नभएको बताएका छन् । शनिबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री थापाले कांग्रेस प्रतिपक्षमा बस्ने र त्यसअनुसार नै भूमिका खेल्ने बताए । ‘कांग्रेसले विश्वासको मतको खिलाफमा मतदान गर्छ, प्रतिपक्षमा बस्छ’, उनले भने ।

माघ २५ गते राष्ट्रिय सभाको उपनिर्वाचन हुने

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको रिक्त स्थानमा माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक राष्ट्रिय सभा सदस्य सिटका लागि माघ २५ गते निर्वाचन गर्ने निर्णय गरेको हो । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको उपनिर्वाचनको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता गर्ने दिन असोज २३ पहिले राष्ट्रिय सभाका सदस्य खिमलाल