पुष अन्तिम साताभित्र नयाँ सरकार गठन गर्ने गठबन्धनको तयारी
काठमाडौं । यस पटकको निर्वाचनले कुनै पनि दललाई एकल बहुमतको सरकार गठनका लागि जनमत दिएको छैन । त्यसैले दुई वा दुईभन्दा बढी दलको सहकार्यमा संयुक्त सरकार गठन हुने छ । जनमतले मिलिजुली सरकार गठन गर्नुपर्ने म्यान्डेड दिए पनि सरकार कहिले गठन हुन्छ र कुन–कुन दल मिलेर गठन गर्छन् भन्ने टुंगो लागेको छैन । संविधानको धारा ७६ मा निर्वाचन आयोगले प्रतिनिधिसभाको अन्तिम नतिजा घोषणा गरेको ३० दिनभित्र प्रधानमन्त्री नियुक्त भइसक्नुपर्ने व्यवस्था