घनश्याम भुसाल र प्रभु शाहलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा गरेको भन्दै घनश्याम भुसाल र प्रभु शाह सहितका नेताहरूलाई कारबाही गरेको छ । शनिबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेका नेताद्वय भुसाल र शाहलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी गरेको हो । बैठकले केन्द्रीय कमिटी सदस्यहरू उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रिता साह, गंगा चौधरी र टेकबहादुर बलम्पाकीलाई पनि केन्द्रीय सदस्य नरहने