राजनीति

चितवनमा रवि लामिछानेले बढाए मत

चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले आफ्नो मत ह्वात्तै बढाएका छन् । निकै पछि रहेका उनले पछिल्लो समय मतान्तर घटाएका हुन् । लामिछानेले ८२६ मत ल्याएका छन् । पहिलो स्थानमा रहेका एमालेका कृष्णभक्त पोखरेलले १५६६ तथाक कांग्रेसका उमेश श्रेष्ठले १३३४ मत ल्याएका छन् । यसअघि एमालेका उम्मेदवार लामिछानेभन्दा चार गुणा मतले धेरै थिए । हाल ग्रामिण क्षेत्रमा पर्ने इच्छाकामनामामा मतगणना भइरहेको छ ।

मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

लमजुङ । हिमाली जिल्ला मनाङबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् । गुरुङले ३ सय २८ मतान्तरले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई हराउँदै निर्वाचित भएका हुन् । कांग्रेसका गुरुङले २ हजार ५ सय ७५ मत ल्याएका छन् । एमालेका गुरुङले २ हजार २ सय ४७ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मनाङमा ७१ दशमलब ४७ प्रतिशत मत खसेको छ । कूल मतदाता ६

मुस्ताङमा कांग्रेसले खाता खोल्यो, योगेश गौचन विजयी

काठमाडौं । नेपाली कांग्रेसले हिमालपारिको जिल्ला मुस्ताङबाट आफ्नो विजयी सुरुवात गरेको छ । मुस्ताङमा केहिबेरअघि सम्पन्न मतगणनाबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार योगेश गौचन ३ हजार ९९२ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका निवर्तमान सांसद प्रेम तुलाचनले ३ हजार ७८ मत पाएका छन् । गौचन र तुलाचनको मतान्तर ९ सय १४ रहेको छ । २९ वर्षका गौचन कांग्रेसका कान्छा सांसद बनेका छन् ।

ललितपुर–३ को मतगणना सुरु

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ । बिहान साढे २ बजेबाट स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान जावलाखेलमा मतगणनाको कार्य सुरु भएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए । उक्त क्षेत्रमा गठबन्धनको तर्फबाट पम्फा भुसाल, नेकपा (एमाले)बाट अमृत खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की छन् ।

बाजुराको ७ मतदानस्थलको मतदान प्रक्रिया स्थगित

काठमाडौं । बाजुराको ७ वटा मतदानस्थलको मतदान प्रक्रिया स्थगित गरिएको छ ।जिल्लाको बुढीगंगा नगरपालिका–८ स्थित गिरिखेल्ने प्राथमिक विद्यालय, बुढीनन्दा नगरपालिका ५ र ७, स्वामीकार्तिक ३ र ४, खप्तड छेडेदह गाउँपालिका-१ र त्रिवेणी नगरपालिका-७ मा रहेका मतदानस्थलको मतदान रोकिएको हो । ती मतदानस्थलमा दलका कार्यकर्ताबीच विवाद उत्पन्न भएपछि मतदान केहि समयलाई रोकिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले जानकारी दिए । उत्पन्न विवादले उग्र रुप लिएपछि कतिपय मतदानस्थलमा सुरक्षकर्मीले हवाई

मतदान केन्द्र नजिक बम विस्फोट, गुलरियाको एक केन्दको मतदान रोकियो

बर्दिया । मतदान केन्द्र नजिक बम विस्फोट भएपछि गुलरियाको एक ठाउँमा मतदान रोकिएको छ । गुलरिया नगरपालिका २ शम्भुशरण मावि खैरापुर मतदान केन्द्रको मतदान रोकिएको हो । मतदानस्थल नजिकै बक विस्फोट भएकाले मतदान रोकिएको प्रहरीले जनाएको छ ।

मतगणना राति ९ बजेदेखि गरिने : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि आज भएको निर्वाचनको मतगणना आज रातिबाटै सुरु हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले काठमाडौं लगायत तराईका जिल्लाहरु आज राति ९ बजेबाट नै मत गणना शुरु गरिने जानकारी दिएका हुन् । आज बिहान भक्तपुरको युनिक नेपाल एकेडेमी केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै थपलियाले भने, ‘आज ५ बजे मतदान कार्य सम्पन्न हुनासाथ सबै मतपेटिकाहरु संकलन गर्ने कार्य प्रारम्भ हुन्छ,

७० प्रतिशत मत खस्ने आयोगको अनुमान

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ७० प्रतिशत भन्दा बढी मत खस्ने बताएका छन् । भक्तपुरको लोकन्थलीस्थित मतदान केन्द्रमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो अनुमान गरेका हुन् । निर्वाचनमा जनताको उत्साह देखिएकाले ७० प्रतिशत भन्दा बढी मत खस्ने उनले बताए । देशैभर मतदान सुरु भइसकेको भन्दै उनले विवेकताका साथ मताधिकार गर्न मतदातालाई आग्रह गरेका छन् । उनले सवै मतदातालाई मतदानमा सहभागी हुन अपिल गरे

आमनिर्वाचन-२०७९ : देशैभर मतदान सुरु

काठमाडौं । आइतबार बिहान ७ बजेदेखि देशैभर मतदान सुरु भएको छ । मंसिर ४ गते हुने भनिएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को मतदान आज बिहान ७ बजेदेखि सुरु भएको हो । संविधानले निर्धारण गरेको हरेक पाँच वर्षमा प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन हुने गर्दछ । प्रतिनिधिसभामा १६५ सिट र प्रदेशसभाको प्रत्यक्षतर्फ ३३० र अन्य २२० सिटका लागि आज निर्वाचन हुन लागेको हो । जसका लागि मुलुकभर १० हजार ८९२ मतदान

मतदाताको उत्साह, प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि मतदान सुरु

नेपालगंज । आइतबार बिहान ७ बजेदेखि सुरु भएको आम निर्वाचनमा मत खसाल्न मोरङका मतदाता उत्साहित भएका छन् । बिहानैदेखि उनीहरु मतदाता परिचयपत्रसहित मत खसाल्नका लागि मतदान केन्द्रमा पुगेका हुन् । उनीहरुले मत खसाल्नका लागि आफूहरु उत्साहित भएको प्रतिक्रिया दिए ।   आइतबार बिहान ७ बजेदेखि सुरु भ्एको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । निर्वाचनमा देशभर एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । ती मतदाताले १०