राजनीति

नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेकपा एमालेले आज निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने भएको छ । मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगलबार एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो । आज (मंगलबार) दिउँसो साढे १ बजे होटल याकएण्ड यतिबाट घोषणा पत्र सार्वजनिक गर्न लागिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । त्यसक्रममा उनले घोषणापत्रका बारेमा अध्यक्ष केपी ओलीसँग प्रत्यक्ष संवादको व्यवस्था समेत मिलाइएको बताए । आम निर्वाचन नजिकिएसँगै

बाँकेमा १०८ मतदानस्थल अतिसंवेदनशील

नेपालगंज । सुरक्षाका दृष्टिकोणले बाँके जिल्लाका १०८ मतदानस्थल अतिसंवेदनशील देखिएका छन् । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बाँकेमा जिल्लाका १०८ मतदानस्थल अतिसंवेदनशील देखिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बाँकेमा तय भएका मतदानस्थलको सुरक्षा संवेदनशीलता दृष्टिगत गर्दै वर्गीकरण गरिएको छ । जिल्लाका १३८ वटा मतदान स्थललाई दुई भागमा वर्गीकरण गरिएको निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन

कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । सत्तासीन नेपाली कांग्रेसले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार ‘संकल्पपत्र’ नाम दिइएको चुनावी घोषणापत्र आज बिहान १० बजे सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ । घोषणापत्र प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गर्ने कार्यक्रम छ । कांग्रेसले यसअघि गत आइतबार नै घोषणापत्र सार्वजनिक गर्ने तयारी गरे पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।

कांग्रेसले आज घोषणा पत्र सार्वजनिक गर्ने

काठमाडौं । आगामी ४ मंसिरका लागि तय गरेको निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । निर्वाचन घोषणापत्र बिना नै मत माग्न सुरु गरेको कांग्रेसको घोषणापत्र प्रधानमन्त्रीसमेत रहेको पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नेछन् । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार स्थानीय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको घोषण पत्रमा केही थपघट गरी संकल्प प्रस्ताव तयार पारिएको छ । ‘निरन्तरतामा नविनता’ नाराका साथ संविधान कार्यान्वयन,

उम्मेदवारले तीन वटासम्म सम्पर्क कार्यलय खोल्न पाउने

काठमाडौं । आसन्न मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारले तीन वटासम्म सम्पर्क कार्यलय खोल्न पाउने भएका छन् । निर्वाचन आयोगले मंगलबार दल र उम्मेदवारहरूलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन दिएको हो । उक्त निर्देशनअनुसार प्रतिनिधिसभाका उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेट्ने गरी बढीमा तीनवटा र प्रदेश सभाका उम्मेदवारले एउटामात्र सम्पर्क कार्यालय खोल्न पाउनेछन् । यस्तै आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभाका समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवारी

ऋषि सुनक बने बेलायतको प्रधानमन्त्री

काठमाडौं । बेलायतको कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको पहिलो भारतीय मूलका प्रधानमन्त्री बनेका छन् । प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिनाभन्दा कम समयमा कन्जरभेटिभ पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री भएको डेढ महिनामा लिज ट्रसले पदबाट राजीनामा दिएपछि नेता सुनको भाग्योदय भएको हो । लिज ट्रस बेलाइतको इतिहासमा सबैभन्दा कम समय सेवा गर्ने प्रधानमन्त्री बनेका छन् । मन्त्रिपरिषद्का एक जना सदस्यलाई बर्खास्त गरेपछि उनले चर्को आलोचना खेप्नु

कांग्रेसले आज संकल्प पत्र सार्वजनिक गर्ने

काठमाडौं । नेपाली कांग्रेसले सोमबार चुनावी संकल्प पत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार सभापति शेरबहादुर देउवाले सङ्कल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको जानकारी दिए । पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ– ‘प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन- २०७९ नेपाली कांग्रेसको सङ्कल्प पत्र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट २०७९ कार्तिक ६ गते सार्वजनिक गरिने भनिएको कार्यक्रम भोलि २०७९ कार्तिक ७ गते

लि चियाङ चिनिया नयाँ प्रधानमन्त्रीमा

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङलाई चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को तेस्रो पटक महासचिवमा निर्वाचित गरेको केन्द्रीय कमिटीले दोस्रो नेताको रुपमा ली चिआङलाई चयन गरेको छ । ली चीनको नयाँ प्रधानमन्त्री बन्ने छन् । राष्ट्रपति सी सँग निकट मानिने ६३ वर्षीय ली यसअघि उनको सचिवालयमा प्रमुखको रूपमा समेत काम गरेका थिए । उनले ली खछ्याङलाई प्रतिस्थापन गर्ने छन् । पार्टीको दोस्रो वरियतामा रहेका ली संघाईका पार्टी प्रमुख हुन् । स्टेट काउन्सिल

गठबन्धनका उम्मेदवारलाई जिताउनुको विकल्प छैन: प्रचण्ड

जनकपुरधाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको निर्वाचन सामान्य प्रक्रिया भए पनि यो खास उद्देश्यका लागि भएकाले गठबन्धनलाई जिताउनुको विकल्प नरहेको बताएका छन् । पाँच दलीय गठबन्धनद्वारा आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले बृहत् शान्ति सम्झौताबाट नै मुलुकमा युगान्तकारी परिवर्तन आएको र यही परिवर्तनलाई निमोठ्न खोज्ने प्रवृतिका विरुद्धमा गठबन्धन बनेको बताए । आन्दोलनको बीचबाट जन्मेको गठबन्धनले संविधान र लोकतन्त्रको रक्षा

प्रधानमन्त्री देउवा सहित अध्यक्ष दाहाल र नेपाल पनी जनकपुरमा

जनकपुर । प्रधानमन्त्री शेरबहादुर देउवा जनकपुर आइपुगेका छन् । शनिबार हुने पाँच दलीय सत्ता गठबन्धनको मधेश प्रदेश सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा जनकपुर आइपुगेका हुन् । सभालाई प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादी अध्यक्ष  माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्दैछन् ।