राजनीति

डडेल्धुरा एमालेमा ओलीविरुद्ध स्थानीय कमिटी

काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनलाई लिएर नेकपा एमाले डडेल्धुरामा भाँडभैलो भएको छ । प्रतिनिधि सभातर्फका उम्मेदवारहरू कर्णबहादुर मल्ल र विक्रमबहादुर शाहीको विषयले डडेल्धुरा एमालेमा भाँडभैलो भएको हो । नेकपा एमालेले डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका शाहीलाई समर्थन गरेको छ भने पार्टी अध्यक्ष केपी शर्मा ओलीले शाही आधिकारीक नभएको बताए । स्थानीय कमिटीलाई कसैलाई समर्थन गर्ने अधिकार नरहेको समेत उनले बताए । ओलीले भने– ‘लोकतान्त्रिक

निर्वाचनपछि मेरो प्रधानमन्त्री बन्ने सम्भावना छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि सत्ताको नेतृत्व गर्ने बिषयमा गठबन्धनमा कुनै ठोस सहमति नभएको बताएका छन् । शुक्रबार गोरखा सदरमुकाममा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘मैले भावी प्रधानमन्त्री भनेर घोषणा गरेको छैन । साथीहरुले भनिराख्नुभएको छ । सम्भावित त मैले होइन किन भन्नु । सम्भावना त हो । देशको नेतृत्व गर्ने अवसर आयोभने पन्छिने पक्षमा पनि म छैन। तर, प्रधानमन्त्रीको निम्ति मरिहत्ते गरेको

मतपत्र छपाइ सम्पन्न

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न भएको छ । निर्वाचन आयोगले प्रत्येक मतदाताले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि चार करोड र समानुपातिक निर्वाचन प्रणालीका लागि चार करोड गरी करिब आठ करोड मतपत्र छपाइ गरेको छ । यस निर्वाचनका लागि मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगि कायम हुने मतदाताको सङ्ख्या एक करोड ७९ लाख ८८ हजार पाँच सय

मतदान बिहान ७ बजेबाट सुरु, निर्वाचन आचारसंहितालाई पूर्ण पालना गर्न आयोगको अपिल

काठमाण्डौं । निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका कार्य गर्दा निर्वाचन आचारसंहितालाई पूर्ण पालना गरी स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउने कार्यमा सहयोग गर्न अपिल गरेको छ ।  आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दलहरु बिहीबारबाट प्रचारप्रसारमा जुटिरहेका बेला आयोगले पूर्णरुपमा आचारसंहीता पालना गर्न सबैलाई सचेत गराएको हो । बिहीबार निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले मतदान हुनुभन्दा १७ दिन अघिबाट

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गोली लागेर उनी घाइते भएका छन् । गुजरावालाको अल्लाहवाला चोक नजिकै उनीमाथि गोली प्रहार भएको हो । र्‍यालीमा रहेका उनीसवार कन्टेनरमा आक्रमणकारीले ३-४ राउण्ड गोली हानेका थिए । अन्तराष्ट्रिय सञ्चारमाध्यमको गुजरालवाला नजिकै पार्टीको कार्यक्रममा सहभागी इमरानमाथि गोली प्रहर भएको हो । गोली लागेर उनी घाइते भएका छन् । इमरानको खुट्टामा गोली लागेको छ । अस्पताल भर्ना भएका उनको

प्रधानमन्त्री देउवा डडेल्धुरा पुगे

डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ को निर्वाचनलक्षित पहिलो चुनावी सभालाई सम्बोधन गर्न गृहजिल्ला डडेल्धुरा पुगेका छन् । बिहीबार धनगढीबाट डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवाले सदरमुकाम अमरगढी बजारमा आयोजित सभालाई सम्बोधन गर्न लागेका हुन् । देउवाले सभाको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै डडेल्धुरावासीलाई धन्यवाद दिएका छन् । उनले मतदाता फकाउँदै न्यानो स्वागत र मायाका लागि आभार व्यक्त गरेका छन् ।

सरकारलाई निर्वाचन आयोगले दियो ७ बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले सरकारलाई सात बुँदे निर्देशन दिएको छ । ४ मंसिरमा हुने संसदीय निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित तथा मितव्ययी रूपमा सम्पन्न गर्न/गराउन आयोगले संघ, प्रदेश र स्थानीय सरकार तथा मातहतका निकायलाई निर्देशन दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सात बुँदे निर्देशन दिएको हाे । आयोगले निर्वाचनमा यातायातको सहज पहुँचका लागि यातायात व्यवस्थालाई नियमित र भरपर्दो बनाउन भनेको छ । मतदान स्थल र मतदान केन्द्रहरूसम्म पुग्ने सडक तथा

आजदेखि राजनीतिक दलले जुलुस र आमसभा गर्न पाउने

काठमाडौं । राजनीतिक दल तथा उम्मेदवारले आजदेखि मंसिर १ गतेसम्म चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि १७ दिन अघि (आज)देखि निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइनेछ । ‘निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको

डा. कमल भुसालको उम्मेदवारी खारेज

बुटवल । रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका हाम्रो नेपाली पार्टीका डा. कमल भुसालको उम्मेदवारी खारेज गर्ने निर्णयलाई सर्वोच्च अदालतले सदर गरिदिएको छ । मंलबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले डा. भुसालको रिट खारेज गर्ने फैसला गरेको थियो । यसअघि निर्वाचन आयोगले सरकारी छात्रवृत्तिमा एम.डी. अध्ययनरत रहेको र जीवन निर्वाह भत्ताबापत मासिक रकम बुझ्ने गरेको पाइएपछि डा. भुसालले दिएको उम्मेदवारीको खारेज गरिदिएको थियो ।

कात्तिक १७ देखि मङ्सिर १ सम्म जुलुस र आमसभा गर्न मिल्ने

काठमाण्डौं । निर्वाचन आयोगले आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस,आमसभा,कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउने स्पष्ट पारेको हो । आचारसंहिताको दफा १३ मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य