राजनीति

राष्ट्रपतिको भण्डारीको पछिल्लो निर्णयको निन्दा

काठमाण्डौं । नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारी प्रमाणीकरण गर्न अस्वीकार गरेपछि विदेशमा रहेका संघसंस्थाले धारणा सार्वजनिक गरेका छन् । नेपाली जनसम्पर्क  समिति बेलायतले विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको पछिल्लो निर्णयको निन्दा गरेको छ । समितिका सभापति युवराज गुरुङले विज्ञप्ति जारी गर्दै दुबै संसदद्वारा पारित भएर दोस्रोपटक आएको विधेयकलाई १५ दिन भित्र प्रमाणीकरण गर्नै पर्ने संवैधानिक दायित्वबाट राष्ट्रपति भण्डारी पछि हट्नु नेपालको संविधानको ठाडो उल्लंघन भएको  बताएका छन् । विज्ञप्ति मार्फत ५

राष्ट्रपतिद्धरा नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानविपरीत नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित गरेर प्रमाणीकरणका लागि दोस्रो पटक पठाइएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेका हुन् । यो संविधानविपरीत छ । संविधानको धारा ११३ को ३ बमोजिम यसअघि राष्ट्रपतिले विधेयक फिर्ता पठाएका थिए । तर, धारा ११३ को ४ अनुसार त्यसरी फिर्ता पठाइएको विधेयक दुबै सदनबाट परिमार्जनसहित वा जस्ताको त्यस्तै पारित भएर आएमा १५ दिनभित्र

समानुपातिकतर्फ ४८  राजनीतिक दलद्धारा उम्मेदवारको बन्दसूची दर्ता

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । आयोगले दलहरूलाई आइतबार र सोमबार बन्दसूची पेस गर्न समय दिएको थियो । आइतबार ४ दलले बन्दसूची पेस गरेकामा बाँकी ४४ दलले सोमबार बन्दसूची बुझाएका हुन् । निर्वाचन आयोगले बन्दसूचीको अद्यावधिक कायमै राखेको छ । प्रतिनिधि सभा र प्रदेश सभाका लागि ७६ दल दर्ता भएका छन् । तीमध्ये ६८ दलले समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएका

नजरबन्दमा चोलेन्द्र- सुरक्षाकर्मी र भीभीआईपी कार खोसियो

काठमाडौं । सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको सुरक्षामा खटिएका सुरक्षाकर्मी खोसेको छ । प्रहरी प्रधान कार्यालयले अगुवा र पछुवा गाडीसहितका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेसँगै जबराका सुरक्षाकर्मी खोसिएका हुन् । स्रोतका अनुसार सरकारले प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई जबराका सुरक्षाकर्मी फिर्ता बोलाउन निर्देशन दिएको थियो । जबराविरुद्ध महाभियोग दर्ता भएसँगै उनको सुरक्षामा प्रहरी नायब निरीक्षकको कमान्डमा ९ जना सुरक्षाकर्मी खटाइएको थियो । प्रहरीले गाडीसहितका सुरक्षा अधिकारीलाई फिर्ता बोलाएको हो

संविधान दिवसको अवसरमा छ सय ८१ कैदीलाई माफी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस, २०७९ का अवसरमा कैद सजाय भुक्तान गरेका र भुक्तान हुन बाँकी छ सय ८१ कैदीलाई आममाफी दिएका छन् । राष्ट्रपति भण्डारीले सर्वोच्च अदालतका आदेशको समेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका पासाङ शेर्पासहित दुई सय तीन र इन्द्रकुमार लिम्बूसहित चार सय ७८ कैदीको भुक्तान हुन बाँकी सजाय मन्त्रिरिषद्को भदौ ३१ को निर्णयअनुसार बैठकको सिफारिसमा असोज ३ गतेदेखि लागू हुने

प्रतिनिधिसभाको कार्यका सकिँदै, अन्तिम बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधि सभाको कार्यकाल आज राति १२ बजे सकिँदै छ। २०७४ मा निर्वाचित सांसद्हरुको अन्तिम संसद् बैठक आज दिउसो १ बजे बस्दैछ । मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि निर्वाचन तय भएसंगै २०७४ सालको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले बुझाएको बन्द सूचि आज राति १२ बजेदेखि खारेज हुने निर्वाचन आयोगकोले जनाएको छ। असोज २ र ३ गते आसन्न निर्वाचनका लागि समानुपातिकको बन्दसूच बुझाउने कार्यतालिका छ।

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्ने भएका छन् । बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आव २०७७–०७८’ समेत बैठकमा पेस गर्ने सम्भावित कार्यसूची छ । यस्तै १ बजे

महाभियोग समितिको बैठक दिउसो १ बजे बस्दै

काठमाडौं । आज बिहानका लागि बोलाइएको संघीय संसद महाभियोग समिति बैठक सरेको छ । समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बैठक दिउँसो १ बजे बोलाइएको छ । यसअघि बिहान ८ बजे बैठक बस्ने भनिएको थियो । तर, सर्वोच्च अदालतका न्यायाधीशहरू सिफारिस समितिको छलफलमा नआउने जानकारी बुधबार साँझ दिएपछि समितिको बैठक केही समय धकेलिएको हो । समितिले दिउँसो १ बजे चार पूर्वन्यायाधीशलाई बैठकमा बोलाएको छ । समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग

चिनियाँ नेता ली चान्सु आज स्वदेश फर्किदै

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु आज स्वदेश फर्कने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी आज बिहान स्वदेश फर्कन लागेका हुन् । नेपनल भ्रमणकाे क्रममा बुधबार मात्रै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । राष्ट्रपतिको कार्यालयमा भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसीहितका विविध विषयमा कुराकानी भएको थियो । भ्रमणको पहिलो

१२ राजनीतिक दललाई निर्वाचन आयोगले छलफलमा बोलायो

काठमाडौं । निर्वाचन आयोगले राजपत्रमा प्रकाशित गरेको निर्वाचन आचारसंहिताप्रति प्रमुख राजनीतिक दलहरुले असन्तुष्टि जनाएसँगै उनीहरुलाई छलफलका लागि बोलाएको छ । आयोगले निर्वाचन आचारसंहितामा चित नबुझेको विषय लागायत समसामयिक विषयमा छलफल गर्न प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दललाई बोलाएको हो । बुधबार १२ बजे आयोगको कार्यालयमा छलफलका लागि दलहरुलाई बोलाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचन आयोगले प्रधानमन्त्री र मन्त्रीहरुलाई मंसिरको चुनाव प्रचारमा जान नदिने