राजनीति

१२ राजनीतिक दललाई निर्वाचन आयोगले छलफलमा बोलायो

काठमाडौं । निर्वाचन आयोगले राजपत्रमा प्रकाशित गरेको निर्वाचन आचारसंहिताप्रति प्रमुख राजनीतिक दलहरुले असन्तुष्टि जनाएसँगै उनीहरुलाई छलफलका लागि बोलाएको छ । आयोगले निर्वाचन आचारसंहितामा चित नबुझेको विषय लागायत समसामयिक विषयमा छलफल गर्न प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दललाई बोलाएको हो । बुधबार १२ बजे आयोगको कार्यालयमा छलफलका लागि दलहरुलाई बोलाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । निर्वाचन आयोगले प्रधानमन्त्री र मन्त्रीहरुलाई मंसिरको चुनाव प्रचारमा जान नदिने

प्रतिनिधि सभा बैठक आज ११ बजे बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलवार पाँच वटा विधेयक प्रमाणीकरण गरेकी छन् । त्यसै गरी बैठकमा कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले

मतपत्र छपाइको प्रक्रिया सुरु

काठमाडौँ । निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मतपत्र छपाइको प्रक्रिया सुरु गरेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडबाट समानुपातिक निर्वाचनको मतपत्र छाप्न प्रक्रिया सुरु भएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । नमूना मतपत्र छाप्ने कार्य सम्पन्न भएपछि समानुपातिकको मतपत्रको प्रक्रिया अगाडि बढाइएको हो । आयोगले यही भदौ १५ देखि आगामी असोज १ गतेसम्म उम्मेदवारको नामको बन्द सूची तयार गर्न राजनीतिक दललाई

चिनियाँ सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेता भेट्दै

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ सभामुख ली चाङ्सुले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेतासँग भेट गर्दैछन् । प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश निमल्सिना, परराष्ट्रमन्त्री डा. नारायण खड्कालगायतसँग भेट्ने कार्यक्रम छ । ३ दिने नेपाल भ्रमणका लागि ली सोमबार नेपाल आएका हुन् ।

प्रचण्ड र देउवाले राजीनामा दिन आग्रह गरे- जबरा

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आइतबार महाअभियोग सिफारिस समितिलाई बयान दिँदै शेरबहादुर देउवा, प्रचण्ड र महालक्ष्मी उपाध्याय डिनाको नाम लिएका छन् । जबराले राजीनामा दिए महाअभियोग फिर्ता गर्छौं भन्ने प्रस्ताव आएको भन्दै देउवा, प्रचण्ड र डीनाको नाम लिएका छन् । जबराले भनेका छन्, ‘यो फिर्ता लिन्छौं, एक डेढ महिना तपाईं काम गर्नुस्, एक डेढ महिना पछाडि दीपक (दीपककुमार कार्की) लाई दिए हुन्छ भनेर पोलिटिकल पार्टीका शीर्ष नेताले भनेको ।

समानुपातिकतर्फको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकको बन्दसूची पेस गर्दाको आवश्यक प्रक्रिया र कागजातबारे थप स्पष्ट पारेको छ । आयोगले सो प्रणालीका लागि आयोगमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खडा गरी आउँदो असोज २ र ३ गते उक्त बन्दसूची पेस गर्ने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ । सूची पेस गर्दा समानुपातिक समावेशी सिद्धान्तबमोजिम कानुनबमोजिम आवश्यक कागजात अनिवार्यरुपमा पेस गर्न आयोगले आज

समानुपातिकमा २० लाख मत पाउने माधव नेपालको दाबी

नवलपरासी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गरेका छन् । मुस्लिम इत्तेहाद संगठन लुम्बिनी प्रदेशको यहाँ आज आयोजित भेलालाई सम्बोधन गर्दै छोटो समयमा एकीकृत समाजवादीले जनताको मन जित्न सफल भएको बताए । गत स्थानीय तहमा १० लाखको हाराहारीमा मत पाएको बताउँदै उनले आगामी निर्वाचनमा दृढताका साथ होमिन आग्रह गरे । उनले देशको विकासका लागि पाँच दलीय गठबन्धन बनेकाले गठबन्धनलाई जिताउन सबै

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै

काठमाडौं । सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । बैठक बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यसअघि शनिबार बसेको बैठकमा सिट बाँडफाँटमा सहमति नजिक पुगेको नेताहरुले बताएका छन् । हिजोको बैठकमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी नभएकोले सहमतिलाई अन्तिम रुप दिन नसकिएको मन्त्री कार्कीले बताए । एकीकृत समाजवादी र जसपाले माओवादी र

एमालेसँग चुनावी गठबन्धन हुन्छ : बरिष्ठ नेता महतो

काठमाण्डौं । पाँच दलीय सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई समेत समेट्ने प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको प्रयास असफल भएको छ । सरकारले नागरिकता विधेयक संसदबाट पास गर्ने र लोसपालाई समेत गठबन्धनमा ल्याउने प्रधानमन्त्री देउवाको प्रयास रहँदै आएको थियो । सोही अनुसार नागरिकता विधेयक संसदबाट पास समेत भैसकेको छ । तर पछिल्लो समय ५ दलीय गठबन्धनमै सिट बाँडफाँटमा कुरा नमिलेपछि लोसपाले एमालेसँग चुनावी गठबन्धन गर्ने तयारी गरेको छ

जन्मकैद पाएका रामशंकर एमालेबाट उम्मेदवार

जनकपुरधाम । सर्वस्वसहित जन्मकैदको सजाय पाएका रामशंकर यादवलाई एमालेले सिरहा- १ बाट उम्मेदवार सिफारिस गरेको छ । २०७४ को निर्वाचनमा नेपाली कांग्रेसका नेता प्रदीप गिरि निर्वाचित भएको सो क्षेत्रबाट एमालेले प्रहरीको हत्या अभियोगमा अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय यादवलाई उम्मेदवार सिफारिस गरेको छ । गिरिको केहि दिनअघि मात्रै निधन भएको छ । सिरहा जिल्ला अदालतले प्रहरी जवानको हत्या गरेको भन्दै उनीमाथि २०६१ सालमा सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । तर उनलाई