प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइयो नागरिकता विधेयक
काठमाण्डौ । संसदको दुवै सदनबाट पुन: पारित गरिएको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएको छ। सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरणका लागि दोस्रो पटक राष्ट्रपति कार्यालय शितल निवास पठाएका छन्। सभामुख सापकोटाले सोमबार नागरिकता विधेयक राष्ट्रपतिकहाँ पठाएको उनको सचिवालयले जनाएको छ। प्रतिनिधि सभा र राष्ट्रिय सभाले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक गत साउन २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरिदिएकी थिइन्। राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्दा