राजनीति

देउवा सरकार कुनै पनि बेला अल्पमतमा पर्न सक्छ, हौसिन जरुरी छैन: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्र एवं सत्तारुढ गठबन्धनका नेता प्रचण्डले शेरबहादुर देउवाको सरकार कुनै पनि बेला अल्पमतमा पर्न सक्ने खतरा औँल्याएका छन्। यो सरकार माधव नेपालको अडानका कारणले टिकेको उनको विश्लेषण छ। माओवादी केन्द्रको बैठकमा प्रचण्डले गरेको ब्रिफिङमा प्रतिगमनको खतरा अहिले पनि जीवितै रहेको बताए। परिवर्तन उल्ट्याउन खोज्ने शक्तिले यो गठबन्धनलाई भत्काएर पुरानै सरकार ल्याउन खोजिरहेको प्रचण्डले बताएका छन्। ‘माधव नेपाल दह्रो अडिदिएको हुनाले मात्रै बहुमत पुगेको छ’ प्रचण्डले बैठकमा

कांग्रेस महाधिवेशन तीन महिना पछी हुने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सरेको छ । आज (शनिबार) बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशन सार्ने निणर्य गरको हो । केन्द्रीय सदस्य मीन विश्वकर्मको अनुसार मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ । यसअघि कांग्रेसले भदाै १६ गतेदेखि १९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यस्तै आज बसेको बैठकले भदाै दुई गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको छ । भदौ २

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शनिबार बिहान ११ बजे बस्ने लागेको हो । आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । माओवादी केन्द्रले मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको जनाएको छ ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।

एमालेमा लोगो परिवर्तन, सूर्य चिह्नभित्र हँसिया हथौडा रहने

काठमाडौं । नेकपा (एमाले)मा लोगो परिवर्तन गर्ने प्रस्ताव गरिएको छ । आज च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत विधान संशोधनको प्रस्तावमा पार्टीको लोगो परिमार्जन गर्ने उल्लेख छ । प्रस्तावको बुँदा नम्बर २२ मा भनिएको छ– पार्टी लोगो सूर्य चिह्नभित्र हँसिया हथौडा रहने गरी परिमार्जन गर्ने ।एमालेको लोगो र चुनाव चिह्न सूर्य रहँदै आएको छ ।

महन्थ ठाकुरसहित १६ जना साधारण सदस्य मात्रै रहने

काठमाडौं । आफूलाई जनाता समाजवादी पार्टी (जसपा)का अध्यक्ष दावी गर्ने महन्थ ठाकुरसहित १६ जना अब साधारण सदस्य मात्रै रहने भएका छन् । ठाकुर पक्षलाई निकाल्ने जसपाको निर्णयलाई निर्वाचन आयोगले अद्यावधिक गरेको छ । योसँगै ठाकुर पक्षमा रहेका १६ जना जसपाका साधारण सदस्य मात्रै रहने भएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जसपाको निर्णयलाई अद्यावधिक गरिएको जानकारी दिए । उनले भने, ‘दफा ५१ बमोजिम हेरफेर अद्यावधिक गरिएको हो । ५१

अध्यक्ष होइन अधिकार चाहिन्छ : नेता नेपाल

काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्रको विभेद हटाउन बराबरी अधिकार आवश्यक भएको बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता नेपाललाई दोस्रो अध्यक्ष दिएर भए पनि नेपाल समूहलाई पार्टीभित्रै राख्ने योजना बनाएका छन् । तर नेता नेपालले दोस्रो अध्यक्ष अस्वीकार गर्दै पार्टी एकताका लागि ओलीलाई भएजति अधिकार आफूले पनि प्रयोग गर्नु पाउनुपर्ने बताएका हुन् । ‘पार्टीभित्र लामो समय विवाद भयो। फेरि पनि बहुमतका नाममा पेल्ने काम हुनेछ

माधब नेपाल र प्रचण्डविच छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेका बरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका छन् । मन्त्रिपरिषद् विस्तार र मन्त्रालय भागबण्डा टुंगो लगाउनुअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज विहान नेता नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका हुन् । प्रचण्ड र नेता नेपालबीच दिनहुँजसो भेटवार्ता चलिरहेको छ । शुक्रबार पनि प्रचण्डले माधव नेपाललाई भेटेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए । शनिवार देउवा र प्रचण्डबीचको छलफलमा पनि माधव

सांसदहरुले अव राष्ट्रिय वाणिज्य बैंकमार्फत तलब भत्ता बुझ्ने

काठमाडौं । सांसदहरुले अब सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत तलब भत्ता बुझ्ने भएका छन् । संघीय संसद सचिवालयले यसअघि निजी बैंकबाट गर्दै आएको कारोबार अब राष्ट्रिय वाणिज्य बैंकबाट गर्ने जनाएको छ । अर्थ मन्त्रालयले हालै सिंहदरबारभित्रका सबै कार्यालयको कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट गर्न निर्देशन दिएपछि संघीय संसदको कारोबार पनि राष्ट्रिय वाणिज्य बैंकबाट गर्न लागिएको प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए । यसअघि सांसदहरुले निजी बैंकबाट तलब भत्ता बुझ्दै आएका थिए

माओवादी केन्द्रले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले स्थायी समितिको बैठक बोलाएको छ । बैठक पेरिसडाँडामा आज (आइतबार) बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ । आजको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी हुने व्यक्तिको नामसमेत टुंगो लगाउने तयारी गरिएको छ । यसिअघि शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो । भेटमा केही दिनभित्रै सत्तासाझेदार दलबीच छलफल