राजनीति

कांग्रेसले ८, माओवादी केन्द्र र जसपाले ७/७ मन्त्रालय पाउने गरी गठबन्धनको सहमति

काठमाडौं । सत्तारुढ गठबन्धनले एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषदलाई पूर्णता दिने भएको छ । विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो । माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी काँग्रेस र माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबण्डा मिलाएका छन् । विहीबार बिहान बसेको शीर्ष नेताहरुको बैठकले काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७

सभामुख सापकोटा र गृहमन्त्री खाँणबीच छलफल

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच सङ्घीय संसद्को अधिवेशनलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा संसद्को चालू अधिवेशनमा विधेयक अघि बढाउनेलगायतका सन्दर्भमा छलफल भएको हो । सभामुख सापकोटा र मन्त्री खाँणबीच यस वर्ष बाढीपहिराका कारण देशभर उत्पन्न विपत्ति र त्यसको व्यवस्थापनका सन्दर्भमा सरकारी तयारीबारे पनि छलफल भएको छ । सभामुख सापकोटाको जिज्ञासामा मन्त्री खाँणले विपद् सङ्कटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय विपद्

छिट्टै मन्त्रिपरिषद्  विस्तार गर्ने सहमति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने सहमति भएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन दलको शीर्ष बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी नेपाली काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अनुसार केही दिनमै मन्त्रिपरिषद विस्तार भइसक्नेछ । बैठकमा गठबन्धनको तर्फबाट सरकारको साझा नीति तथा कार्यक्रम ल्याउनेबारे समेत छलफल भएको छ । यस्तै प्रदेश प्रमुख र विभिन्न निकायमा गरिने राजनीतिक नियुक्तिका

जसपाद्वारा ३ सांसदलाई कारवाही

काठमाडाैं । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभामा निर्वाचित ३ जना प्रदेशसभा सदस्यलाई कारवाही गरेको छ । मंगलबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई प्रदेशसभा सदस्यबाट कारवाही गरेको हाे । जसपाको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागी भएकाे भन्दै यसअघि पनि जसपाले पार्टीबाट निष्कासन गरेको थियो । जसपाको निर्णयको आधारमा लुम्बिनी प्रदेशसभा सचिवालयले उनीहरु सांसद नरहेको भनी सूचना प्रकाशन गरेको थियो ।

कर्णाली नदी छेउछाउको बस्ती बाढी पहिरोको उच्च जोखिममा

काठमाडौं । कर्णाली नदीको छेउछाउमा रहेका कालीकोटका केही बस्ती बाढी पहिरोको उच्च जोखिममा छन् । जिल्लाको नरहरिनाथ गाउँपालिका–१ को लालीघाट, शुभकालीका गाउँपालिका–१ जितेबजार, सान्नी त्रिवेणी गाउँपालिकाको शान्तिघाट बजार, महावै गाउँपालिकाको पादमघाट, तिलागुफा नगरपालिकाको नाग्म बजार, पचालझरना गाउँपालिकाको भुराबगर वर्षायाममा बाढी पहिरोको उच्च जोखिममा रहेका छन् । कर्णाली राजमार्ग र कर्णाली करिडोर आसपासमा बनेका यी बस्ती राजमार्ग आएपछि बनेका नयाँ बस्ती हुन् । कर्णाली राजमार्ग र कर्णाली करिडोर बनेपछि बनेका बस्ती

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकी छिन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपतिले आइतबार संविधानको धारा ७६ को उपधारा ९ बमोजिम श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको सिफारिसमा संविधानको धारा ७६ को उपधारा ९ बमोजिम स्वास्थ्य तथा जनसंखया मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीसँगै रहनेगरी माननीय उमेश श्रेष्ठलाई राज्यमन्त्री पदमा नियुक्त गरी स्वास्थ्य तथा

राष्ट्रिय योजना आयोगमा पदाधिकारी नियुक्तिको अझै टुंगो लागेन

काठमाडौं । राष्ट्रिय योजना आयोगमा पदाधिकारी नियुक्त गर्न सरकारले ढिलाइ गरेको छ । सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारलाई अपदस्थ गरेको थियो । नयाँ सरकार गठन भएसँगै तत्कालीन उपाध्यक्ष डा। पुष्पराज कँडेलसहित अन्य सदस्यहरू पदमुक्त भएका थिए । शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको १२ दिन पुगिसकेको छ । यसबीचमा सरकारले आयोगमा उपाध्यक्षसहित सदस्यहरू नियुक्त गर्न कुनै सुरसार नै कसेको देखिँदैन । प्रधानमन्त्रीले अध्यक्षता गर्ने राष्ट्रिय योजना आयोगमा

सरकारलाई सफल बनाउने ५ दलीय गठबन्धनको निष्कर्ष

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनले सरकार सञ्चालन सफल र प्रभावकारी बनाउने भएको छ । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ५ दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले जनताका समस्या सम्बोधन गर्दै सरकारलाई सफल र प्रभावकारी बनाउने निष्कर्ष निकालेको हो । ‘गठबन्धनलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउने र सरकारलाई सफल बनाएर अगाडि बढ्ने बारेमा छलफल भयो’, बैठकमा सहभागी जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । अध्यक्ष केसीका अनुसार गठबन्धनका नेताहरूले पहिलो

उपेन्द्र यादव पक्षद्वारा निर्वाचन आयोगमा उपस्थित हुने निर्णय

काठमाडौं   जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षले आफूसँग बहुमत कार्यकारिणी सदस्य रहेकाले सोमबार निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ । पार्टी कार्यालय बालकुमारीमा शनिबार बसेको उक्त पक्षको कार्यकारिणी बैठकले सबै सदस्यहरुलाई परिचय खुल्ने सक्कल कागजातसहित आयोगमा पुग्न निर्देशन पनि दिएको छ । शनिबारको बैठकमा ५१ मध्ये ३३ जना सदस्य सहभागी भएको र आफूहरुसँग बहुमत रहेको बैठकपछि नेता महेन्द्र राय यादवले जानकारी दिए । त्यस्तै जसपाका अर्को पक्षले

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । च्यासलस्थित तुलसीलाल प्रतिष्ठान भवनमा बैठक बस्न लागेको हो । पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले आज अपरान्ह ३ बजे बैठक बस्ने जानकारी दिए । सोमबार पनि एमालेको केन्द्रीय कमिटी बैठक बसेको थियो । उक्त बैठकले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरूसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जनाले