विशेष समाचार

मन्त्रालय भागबण्डा मिलाउन गठबन्धनको बैठक आज बस्दै

काठमाडौं । १० दलीय गठबन्धनको बैठक आज(बुधवार) बस्दैछ । मन्त्रालय भागबण्डा मिलाउन हिजो(मंगलवार) साँझ बसेको बैठक बिना निष्कर्ष सकिएपछि आज पुनः बस्ने भएको हो । बैठक आज बिहान ९ बजेको छ । मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भए पनि कुनै सहमति हुन सकेको थिएन । नेपाली कांग्रेसले आठ, नेकपा (एकीकृत समाजवादी)ले तीन, जसपाले तीन र लोसपाले दुई मन्त्रालयको दाबी नछोडेपछि बैठक विनानिस्कर्ष टुंगिएको थियो । त्यस्तै आज (बुधवार)को

आज चैते दशैं पर्व मनाइँदै

काठमाडौं । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ। ​शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ। चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्। वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्। यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ। चैतेदशैँका

सुनसान सुन्दर पोखरा (फोटो फिचर)

काठमाडौं : आन्तरिक होस् या बाह्य पर्यटक नै किन न हुन् घुम्न जानको लागि पोखरालाई प्रमुख रोजाइमा पार्ने गर्छन्। प्रायः विदेशी पर्यटकको घुइँचो लाग्ने गर्छ पोखरामा। विन्दवासिनी मन्दिर, फेवाताल, तालवाराही मन्दिर, बेगनाश ताल अनि नजिकै रहेका सुन्दर हिमालहरु अवलोकन गरेर रमाउने गर्छन् पर्यटक। तर हिजो आज पोखरा सुनसान छ। पर्यटकको भिड खासै छैन। सुन्दर पोखरा सुनसान जस्तै छ। पोखरा घुम्न गएका फोटो पत्रकार सुरेन्द्र थापाले कैद गरेका केही तस्वीरहरु यस्ता

मिटरब्याज पीडितको समस्या समाधानका लागि पहल गर्छु: सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज (मंगलवार) मिटरब्याजी पीडितहरूलाई भेटेर समस्या समाधानका लागि पहल गर्ने बताएका छन्। आज बिहानै टंगालमा मिटरब्याज पीडितहरुको धर्ना कार्यक्रममा सहभागी भएका लामिछानेले उनीहरुको समस्या समाधानको पहल गर्ने बताएका हुन् । ‘म यहाँ धर्नामा ऐक्यबद्धता जनाउन आएको होइन, समस्या समाधानको पहल गर्ने बाचा गर्न आएको हुँ, लामिछानेले भने आजै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता हुँदैछ । त्यहाँ मेरा कुरा राख्नुभन्दा पहिला तपाईहरुको समस्याका बारेमा जानकारी

गोली लागेर ताप्लेजुङमा ५८ वर्षीय ललित गुरुङको मृत्यु

काठमाडौं । ताप्लेजुङमा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा शिकार खेल्न गएका ५८ वर्षीय ललित गुरुङको उनकै साथीले चलाएको बन्दुकको छर्रा लागेर मृत्यु भएको हो । गएराति शिकार खेल्नसँगै गएका ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ललितको घटनास्थल मै मृत्यु जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटना लगत्तै वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान

मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजे बालुवाटारमा बस्ने छ । बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यसअघि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच मंगलबार दिउँसो ४ बजे गठबन्धनमा आबद्ध दलका नेताको बैठक बोलाउने सहमति भएको थियो । आजको बैठकले मन्त्रालय भागवण्डाको अन्तिम टुङ्गो लगाउने बताइएको छ

दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं : कलाकार दुर्गेश थापा बेलाबेला विवादमा आइरहने कलाकार हुन्। यतिबेला फेरि एउटा विवादमा तानिएका छन् । दुर्गेशलाई हाल कुटपिटको आरोप लागिरहेको छ। उनी विरुद्ध कुटपिट गरेको आरोपमा प्रहरीमा उजुरी समेत परेको छ। प्रहरीको महाराजगञ्ज वृत्तमा उनीमाथि कुटपिट गरेको भन्दै रिदम क्षेत्रीले उजुरी दिएका हुन् । शनिबार टोखास्थित भूतखेल ग्राउन्डमा आफूमाथि थापासहितका ३ जनाले कुटपिट गरेको रिदम क्षेत्रले बताएका छन्। यसबारे भने दुर्गेशले कुनै धारणा राखेका छैनन् । हाल प्रहरीले

सत्ता गठबन्धनको बैठक मंगलवार बस्ने

काठमाडौं । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताहरु माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बिहान बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा उनीहरुबीच मंगलबार दिउँसो १० दलको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको छ । भोलि दिउँसो ४ बजे गठबन्धन दलको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए

नेपाल प्रहरीका ४ डीआईजी एआईजीमा बढुवा सिफारिस

काठमाण्डौं : नेपाल प्रहरीका ४ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन्। सोमवार बसेको बढुवा समितिको बैठकले डीआईजीहरू सन्दिप भण्डारी, सुदिप गिरी,मिरा चौधरी र टेक बहादुर तामाङलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।

नवलपरासीमा बम भेटियो

नवलपरासी । पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा बम फेला परेको छ । आइतबार दिउँसो बारीमा मुला र गाजर सुकाएजस्तै गरी बम देखिएपछि स्थानीय जनप्रतिनिधिले प्रहरीलाई खबर गरेका थिए । सर्दीका स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार आफ्ना बाबुनानीले जंगलनजिकै बारीमा बम फेला परेको हो । बिनयी त्रिवेणी गाउँपालिकाको वडा ५ धुर्कोट भेडीगाउँको बारीमा चौपाया चराउन गएका किसानले देखेपछि खोतल्दै जाँदा एकै ठाउँमा ९ वटा बम देखिएको थियो । भारतीय सेनाका पूर्वसैनिकसमेत