गौरमा धारिलो हतियार प्रहार गरी ७४ वर्षिया वृद्धको हत्या
रौतहट । रौतहटको गौरमा मंगलबारराति एक वृद्धको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ। गौर नगरपालिका–५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतो (कोइरी) को हत्या गरिएको हो । महतोको शव बुधबार बिहान फेला परेको हो। महतोको शव उनको घरभन्दा २ सय मिटर पूर्व धान खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए। महतोको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरेका गहिरो चोट छन्। उनको शव पोस्टमार्टमको लागि