हेटौँडामा देवरले गरे भाउजूको हत्या, दाजु गम्भीर घाइते
हेटौँडा : मकवानपुरको हेटौँडा चौकीटोलमा देवरले भाउजूको हत्या गरेका छन् । राहुल भन्ने रमेश दासले बुधवार वेलुकी ९ बजे जेठी भाउजू वर्ष ३५ की गुडिया दासलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुर प्रहरीका अनुसार दाइलाई खुकुरी प्रहार गरेपछि घरका आफन्तले बुहारीलाई नदेखेपछि खोजी गरेका थिए । खोजी गर्दै जाँदा घरको माथिल्लो तलामा पहिला नै भाउजूको हत्या गरेर ढोका लगाएको पाइएको थियो ।