मन्त्रिपरिषदले नयां आइजीपी नियुक्तिको तयारी गर्दै
काठमाण्डौं : आज सोमबार सरकारले ३१ औं प्रहरी महानिरीक्षकको टुंगो लगाउने भएको छ । एआईजीहरू दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ महानिरीक्षकको प्रतिस्पर्धामा छन्। सरकारले आज बस्ने मन्त्रिपरिषद्बाट प्रहरी महानिरीक्षकमा बढुवा गर्ने तयारी गरेको छ। करिब ८० हजार जनशक्ति रहेको सुरक्षा संगठनको नेतृत्व चयन आज हुने भएको छ । प्रहरी महानिरीक्षक नियुक्तिमा ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमतालाई आधार मान्ने नियमावलीमा व्यवस्था छ। जस अनुसार एआईजी दीपक थापा महानिरीक्षक बन्ने बलियो आधार