प्रहरीको १०८ ब्याचका बिशिष्ट श्रेणीमा १५ जना, चैतमा नयाँ आईजीपी नियुक्ती
काठमाडौं । नेपाल प्रहरीका डिआइजीद्वय कुबेर कडायत र रबिन्द्र केसी गत साता एआइजीमा बढुवा भए । अवकाशभन्दा तीन महिनाअघि प्रहरीको बिशिष्ट श्रेणीमा बढुवा हुने उनीहरुआईजीपी बसन्तबहादुर कुँवरकै ब्याच अर्थात् ‘ब्याच नम्बर १०८’का अधिकृत हुन् । प्रहरीमा १०८ को टोली भाग्यमानी ब्याच बन्न पुगेको छ। यस ब्याचबाट १५ जना अधिकृत बिशिष्ट श्रेणीमा पुग्न सफल भएका छन् । हालका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरसहितको यो ब्याचका पछिल्लो समय २३ जना सेवामा थिए। जसमध्ये