सर्वोच्चले मंसिर २८ मा प्रचण्डविरुद्धको मुद्दामा फैसला सुनाउने
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दामा मंसिर २८ गते फैसला सुनाउने भएको छ । आइतबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले अन्तिम सुनुवाइ गर्दै सात वर्ष पुरानो मुद्दामा फैसला सुनाउने मिति तोकेको हो । द्वन्द्वकालीन मुद्दाबारे प्रचण्डले २०७३ वैशाखमा विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले अदालतको अवहेलना गरेको दाबी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायतले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । आइतबार दुवैतर्फको बहस