कपनमा महानगरको डोजर चल्दा स्थानीयवासी आन्दोलित
काठमाडौं । काठमाडौं महानगरपालिकाले कपन क्षेत्रको खोलामाथि रहेको स्ल्याब हटाउन डोजर चलाएको छ । हरेक वर्षको बाढीबाट डुब्ने कपन क्षेत्रमा पर्ने काठमाडौं महानगरपालिका क्षेत्रमा महानगरले डोजर चलाएको हो । बुढानिलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिका वडा नम्बर ७ को सीमाना पर्ने कपन खोलामाथि राखिएको स्ल्याब हटाउन डोजरसहित महानगरको नगरप्रहरीको टोली पुगेपछि स्थानिय वासिन्दा आन्दोलनमा उत्रिएका छन् । स्ल्याब हटाउन गएको महानगरको नगरप्रहरी र स्थानीयबीच झडप समेत भएको थियो । स्थानीयहरुबीच झडप