विशेष समाचार

चालकसँग घुस लिएको आरोपमा दुइ प्रहरी निलम्बित

रौतहट । राजमार्गमा चेक जाँचको नाममा जिप चालकसँग घूस लिएको आरोपमा दुई प्रहरी निलम्बनमा परेका छन् । महेन्द्र राजमार्गमा डयुटीमा रहेको बेला प्रहरी र ट्राफिक जवानले चालकसित अवैध रकम लिएको पुष्टी भएपछि दुइ प्रहरी जवानलाइ तत्कालै निलम्बन गरिएको हो । उनीहरूले घुस लिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा रौतहट र सर्लाहीका दुई प्रहरीलाई शुक्रबार साँझ निलम्बन गरिएको जनाइएको छ । यसरी प्रहरी प्रधान कार्यालयवाट निलम्बन परेको

ललिता निवासको जग्गा फिर्ता गर्नेलाई मुद्दा नचलाइने

काठमाडौं । बिचौलिया र भूमाफियाबाट किनेको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा फिर्ता गर्नेलाई मुद्दा नचलाउने निर्णय भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले ललिता निवास र त्यसले चर्चेको जग्गा भूमाफियाबाट खरिद गरेको तर हिनामिनाका कुनै प्रक्रियामा नदेखिएको व्यक्तिले स्वेच्छाले फिर्ता गरे उनीहरूविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको हो । त्यस्ता व्यक्तिलाई अदालतमा अभियोजन गर्दा ‘सरकारी साक्षी’ का रूपमा मात्र राख्ने निर्णय भएको ब्युरो स्रोतले बतायो ।ब्युरोको उक्त निर्णयपछि प्रहरी हिरासतमा

पहिरोले घर पुरिँदा तारकेश्वरमा बाबु र छोरीको मृत्यु

काठमाडौं । काठमाडौंको उत्तरी भेग तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु र छोरीको मृत्यु भएको छ। प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरका अनुसार तारकेश्वर नगरपालिका–५ चो गाउँमा शनिवार राति स्थानीय गणेश तामाङको घर पहिरोले पुर्दा तामाङ र उनकी छोरीको मृत्यु भएको हो। उनका अनुसार शनिबार राति करिब ९ बजे माथिबाट खसेको पहिरोले ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको छ । सो घटनामा परी

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरानलाई तीन वर्षको जेल सजाय

लाहोर । तोशखाना मुद्दामा अदालतको फैसलापछि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई लाहोरस्थित उनको निवासबाट पक्राउ गरिएको छ । इस्लामावादको जिल्ला तथा सत्र अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवाना तोकेको छ । इमरानको पार्टी तेहरिक–ए–इन्साफले उक्त निर्णयलाई पक्षपाती भएको भन्दै सर्वोच्च अदालतमा चुनौती दिने बताएको छ । पार्र्टीका प्रवक्ताले विज्ञप्ति जारी गर्दै भनेका ‘इतिहासकै सबैभन्दा खराब मुद्दामा एक पक्षपाती न्यायाधीशले न्यायको

सवारी जाँच पासको जिम्मा निजीलाई दिने तयारी

काठमाडौँ । सवारी साधनको जाँच पासको जिम्मेवारी निजी क्षेत्रलाई दिने गरी छलफल सुरु भएको छ । सवारी साधन जाँचसम्बन्धी कार्यविधिका लागि भइरहेको छलफलमा निजी क्षेत्रलाई जाँच पासको जिम्मेवारी दिएर सवारी जाँच केन्द्रले त्यसको अनुगमन गर्ने गरी छलफल अघि बढाइएको हो ।  नेपालभरमा परीक्षण गर्न सरकारले मात्रै नसक्ने हुँदा निजीलाई पनि दिन सकिने गरी छलफल भएको भेहिकल फिटनेस टेस्ट सेन्टरका प्रमुख मणिराम भुसालले बताए । यो आर्थिक वर्षभित्र निजी कम्पनीलाई कसरी

स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवैमा सोध्ने तयारी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ । परीक्षामा प्रश्नपत्र अङ्ग्रेजी माध्यममा सोधिने र अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने हुँदा विद्यार्थीलाई सहज नभएको आवाज उठेपछि विश्वविद्यालयले सोको तयारी गरेको उपकुलपति डा धर्मकान्त बाँसकोटाले बताए । ‘‘उक्त तहमा आगामी शैक्षिकसत्रदेखि दुवै भाषामा प्रश्नपत्र बनाउने गर्ने सोच बनाएका छौँ, यसबारे अध्ययन गरिरहेका छौँ तर नेपालीका साथै मातृभाषामा पनि प्रश्न सोध्नुपर्छ भन्ने

वडाध्यक्षसहित तास खेलिरहेका नेताहरू पक्राउ

काठमाडौँ । कैलालीको धनगढी बसपार्कबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेकाहरु वडाध्यक्ष र स्थानयि नेताहरू रहेको खुलेको छ । वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बम नेतृत्वको टोलीले बसपार्कको कलेल होटलमा छापा हानेर सञ्चालक तेजबहादुर सहितका १० जनालाई समातेको थियो । होटलमा छापा हानेर नियन्त्रणमा लिइएकाहरु निर्वाचित जनप्रतिनिधि, कर्मचारी र विभिन्न राजनीतिक दलका प्रदेश स्तरका नेता समेत रहेको खुलेको छ । सुरुमा प्रहरीलाई समेत गलत परिचय र ठेगाना बताएका उनीहरुको

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे बोलाईएको छ । संघीय संसद सचिवालयका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि जेलमा रहेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् । यसैगरी, हिजो नै तय भएको कार्यसुची अनुसार राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाइने

आज बस्ने संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने

काठमाडौं । संवैधानिक परिषद्को बैठक आज बस्दैछ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि आज दिउँसो ४ बजे बैठक बस्न लागेको हो । सर्वोच्चका प्रधानन्यायाधीश हरिकृष्ण कार्की उमेर हदका कारण साउन २० गतेबाट अनिवार्य अवकाशमा जाँदै छन् । सर्वोच्चमा हाल बहाल रहेका १४ न्यायाधीशमध्ये पहिलो नम्बरमा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, दोस्रोमा ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईसहित ८ न्यायाधीश छन् । परिषद्ले यिनैमध्येबाट एक जनाको नाम सिफारिस गर्नेछ ।  संविधानको धारा २

डेढ महिनामा मोरङमा डेङ्गुबाट ८६५ जना संक्रमित

मोरङ । तराईका जिल्लाहरुमा मात्र देखापर्ने गरेको डेङ्गु संक्रमणले हाल देशैभर महामारीकै रुप लिइरहेको छ । मोरङ जिल्लामा डेङ्गु रोगको असर दिनप्रति दिन वृद्धि हुँदै गएको छ । विराटनगरस्थित जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत असार १ गतेदेखि हालसम्म जिल्लाभर आठ सय ६५ जना डेङ्गुबाट सङ्क्रमित भैसकेका छन् । पथरीशनिश्चरे नगरपालिकामा छ सय ५० जना यो रोगका बिरामी फेला परेका छन् । यसैगरी लेटाङ, मिक्लाजुङ, केरावारी, कानेपोखरी, सुनवर्षी र बेलावरी पालिकामा