विशेष समाचार

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा आएको छ । यस सडकखण्डको कालीखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ७ बजे इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो गएको हो । पहिरो बिहान ८ः५५ बजेसम्म पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो । पहिरोका कारण रोकिएका सवारी साधन पहिरो पन्छाएसँगै गन्तव्यतर्फ लागेका छन् । यसअघि आज बिहान १ बजे सोही

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । पार्टी कार्यालय सचिव डोरप्रसाद उपाध्यायका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटरमा आज (शनिबार) अपराह्न ४ बजे बस्न लागेको हो । आज बस्ने बैठकले साउन १७ गते बस्ने केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्ने भएको छ । यसअघि पार्टी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अध्यक्षतामा बसेको पदाधिकारी बैठकले एजेन्डाका विषयमा छलफल गरेको थियो । सोही एजेन्डालाई अन्तिम रूप दिन बालुवाटारमा बैठक बस्न

सेती नदीमा डुबेर बालक बपत्ता

डोटी । डोटीमा सेती नदीमा डुबेर बालक बेपत्ता भएका छन् । दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका ५ वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीबार खेल्ने क्रममा उनी नदीमा डुबेका हुन् । उनीसँगै डुबेका ४ वर्षीय मिलन साउदलाई भने स्थानीयले उद्धार गरेका थिए । उद्धार गरिएका उनको डडेल्धुरामा उपचार भइरहेको छ । बेपत्ता सुशान्तको खोजीका लागि आफन्त, नेपाल प्रहरी र

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कँदैछन् ।  संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनद्वारा आयोजित  ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन इटालीको रोम पुगेका प्रधानमन्त्री प्रचण्ड आज काठमाडौं आइपग्ने भएका हुन ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार सात दिने इटाली भ्रमण सम्पन्न गरी प्रधानमन्त्री प्रचण्ड आज विहान १०ः०५ बजे त्रिुभवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आई पुग्ने छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत साउन ६ गते इटली गएका प्रधानमन्त्री दाहालले  ‘युनाइटेड

क्याम्पस प्रशासनको लुटतन्त्र विरुद्ध कडा आन्दोलनमा उत्रने अध्यक्ष शाहीको चेतावनी

नेपालगन्ज : स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन सम्पन्न पश्चात महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजमा बेथिति,भ्रष्टाचार,अनियमिता बढेको अनेरास्ववियू महेन्द बहुमुखी क्याम्पस इकाई कमिटीका अध्यक्ष केशर जंग शाहीले बताए । स्वबियुले हरेक बिद्यार्थीका समस्यालाई सम्बोधन,समाधान गर्नुको साटो बिधार्थीको बिपक्षमा निर्णय गर्दै क्याम्पस प्रशासनसंग मिलेर बिद्यार्थी संग विभिन्न शिर्षकमा शुल्क लिने गरेको अध्यक्ष शाहिले बताए । recommendation letter र migration document return बापत उठाएको पैसा तुरुन्त सम्बन्धित विद्यार्थीलाई फिर्ता गर्न अनुरोध गर्दै तत्काल बिद्यार्थीको विपक्षमा

रेडी ट्रेडर्सबाट बरामद भएको ६६ कार्टुनमा पनि सुन नै भेटियो

काठमाडौं । सय किलो अवैध सुन तस्करी प्रकणमा संलग्न रेडी ट्रेडर्स प्रालिको गोदामबाट बरामद गरेको ब्रेक शुमा पनि सुन नै भेटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । राजस्व अनुसन्धान विभागले बुधबार सोह्रखुट्टेस्थित रेडी ट्रेडर्सको गोदाममा छापा मारेको थियो । सो क्रममा ६६ कार्टुन ‘ब्रेक शु’ बरामद भएको थियो । राजस्वले बरामद गरेको ६६ कार्टुन ब्रेक शुमध्ये आधाबाट सुन निकालिएको अवस्थामा फेला परेको स्रोतले जानकारी दियो । विभागले ६६ कार्टुनबाट ११ सय

काठमाडौं टोखामा सार्वजनिक जग्गामा बनाइएका अवैध संरचना हटाइए

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले नगरभित्र सार्वजनिक जग्गा मिचेर बनाएका अवैध संरचना हटाएको छ । नगरभित्रको सार्वजनिक जग्गा अवैधरुपमा कब्जा गरेर बनाएका संरचना डोजर लगाएर हटाउन थालिएको हो । नगरप्रमुख प्रकाश अधिकारीका अनुसार टोखा–८ दुप्चेश्वर टोलको विभिन्न ठाउँमा बनाइएका संरचना हटाइएको छ । लामो समयदेखि नगरपालिकाभित्रको सार्वजनिक जग्गा व्यक्तिले भोगचलन गर्दै आएपछि बाध्य भएर हटाउन थालेको उनले बताए । “संरचना भत्काउन पटक पटक सूचना जारी तथा प्रत्यक्ष भेटेर अनुरोध गरे

सोह्रखुट्टेबाट ६६ काटुन ‘ब्रेक शु’ लेखिएको काटुन बरामद

काठमाडौं । राजश्व अनुसन्धान विभागले सोह्रखुट्टेबाट ‘ब्रेक शु’ लेखिएको ६६ वटा काटुन बरामद गरेको छ। बुधबार अपरान्ह राजस्व अनुसन्धान विभाग, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सोह्रखुट्टे नजिकै रहेको एक घरमा छापा मार्दा उक्त परिणाममा ‘ब्रेक शु’ फेला पारेको हो। भेटिएको सामान राजस्व अनुसन्धान विभागले लगेको छ। ती सामान पनि यसअघि साउन २ गते विमास्थलको भन्सार पास भएर बाहिरिएको अवस्थामा जफत गरिए सुनसहिचतको ब्रेक सु जस्तै शंकास्पद रहेको राजस्व विभागले

महोत्तरीमा एनएमबी बैंक लुटपाट गर्ने भारतीय युवक पक्राउ

जलेश्वर । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबी बैंकमा लुटपाट गरेका एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार राज्यको मधुबनीका २० वर्षीय अजयकुमार साफी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार गत जेठ १६ गते रु १५ लाख लुटेको घटनामा साफी संलग्न थिए । चार/पाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर सो रकम लुटेका थिए ।

बालुवाटार गोदाममा छापा, सुन गाल्ने मेसिन भेटियो

काठमाडौं । राजस्व अनुसन्धान विभागले सुन तस्कर गिरोहको बालुवाटारस्थित एक गोदाममा छापा मारेको छ । सय किलो सुन तस्करी प्रकरणमा पक्राउ गरेका चिनियाँ नागरिक जिक्वान लिनको बालुवाटारस्थित गोदाममा विभागले बुधबार साँझ छापा मारेको हो । त्यसक्रममा उक्त गोदाममा सुन गाल्ने मेसिन भेटिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताए । तस्करीमा संलग्न व्यक्तिको गोदामबाटै सुन गाल्ने मेसिन भेटिएपछि यो गिरोहले ठूलो परिमाणमा सुन तस्करी गरेको आधार देखिएको छ । विभागले बुधबारै