विश्व

कोरोनाभाइरसको नयाँ संस्करणमा फाइजर र मोडर्नामा खोप परीक्षण सुरु

काठमाडौं। कोरोनाभाइरसको नयाँ संस्करण फैलिएको आशंकामा बेलायतमा फाइजर र मोडर्नाको खोप परीक्षण गरिएको छ ।  यी खोपले नयाँ प्रकारको कोरोनाका लागि पनि काम गर्छ की गर्दैन भनेर थाहा पाउन परीक्षण गरिएको अधिकारीहरुले जनाएका छन् ।   बेलायतमा गरिएको यो परीक्षणबाट त्यसले काम गर्ने वा नगर्ने बारेमा एक हप्तामा मात्रै यकिन हुने जनाइएको छ । अहिलेसम्मको विश्लेषण अनुसार मोडर्नाले त्यसका विरुद्धमा काम गर्ने जस्तो देखिएको छ,” मोडर्नाद्वारा जारी वक्तव्यमा लेखिएको छ

विश्वमा कोरोना संक्रमण वाट मृत्यु हुनेको संख्या १६ लाख नाघ्यो

काठमाडौं । नोवेल कोरोना भाइरसको संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या १६ लाख ३० हजार नाघेको छ । विश्व स्वास्थ्य संठगनको तथ्यांक अनुसार हालसम्म १६ लाख ३० हजार ५२१ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र ११ हजार ४६४ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा ५ लाख ८५ हजार ४५५ कोरोना संक्रमित थपिएका छन् । हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ७ कारोड २१ लाख ९६

रुसमा कोभिड विरुद्धको खोप लगाउनेको संख्या  १ लाख नाघ्यो।

(एजेन्सी) । रुसमा एक लाखभन्दा बढी नागरिकले रुसमै विकास गरेको कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामै कोभिड–१९ का विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । सो खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको हो । गत अगष्ट ११ मा नै रुसले सो खोप प्रयोगमा ल्याएको बताइएको थियो । यसरी रुस कोभिड १९ विरुद्धमा खोप लगाउने विश्वकै पहिलो देश भएको पनि बताइएको छ । रुसका स्वास्थ्यमन्त्री

चीनको रक्षामन्त्री एकदिने भ्रमणमा आइतवार नेपाल आउदै।

काठमाण्डौं । जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा आइतबार काठमाडौं आउने भएका छन्। एक दिने महत्वपुर्ण भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी एवं प्रधानमन्त्री केपी शर्मा ओलीसंग शिष्टाचार भेट गर्ने भएका छन । आइतवार नै प्रधानसेनापति पूर्णचन्द्र थापासँग समेत भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनी आइतबार साँझ नै चीन फर्कनेछन्।

विदेशमा थप ५ सय ४४ नेपालीमा कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौँ – कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल शुरु भएयता थप दुई देशका नेपालीमा सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा सङ्क्रमण देखिएको हो । सङ्घका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार, यो साता विदेशमा रहेका थप एक हजार १६३ जना नेपालीलाई कोरोनामुक्त भएका छन् भने थप ५४४ जनामा सङ्क्रमण देखिएको

अमेरिकी राष्ट्रपति निर्वाचनमा बाइडेन निर्वाचित हुने संभावना बलियो

एजेन्सी : अमेरिकामा राष्ट्रपति चयनका लागि भएको निर्वाचनबाट पूर्व उपराष्ट्रपति जो बाइडेन निर्वाचित हुने संभावना बलियो हुदै गएको छ । देशका कुल ५० राज्य मध्ये मत गणना सम्पन्न भएका ४४ राज्यमा बाइडेन विजयी हुनु भएको छ भने अहिले मतगणना भइरहेका चार राज्यमा पनि उहाँको फराकिलो अग्रता रहेको छ । सवैभन्दा धेरै इलोक्टोरल मत रहेको र लामो समयसम्म ट्रम्पले अग्रता लिइरहेको पेन्सिल्भानियामा पनि बाइडनले ट्रम्पलाई पछाडि पार्नु भएको छ । अहिले

विश्वमा कोरोना संक्रमितको संख्या १० करोड वढी, एकैदिन ५ लाखभन्दा बढिमा कोरोना पुष्टि

काठमाडौँ । कोरोना भाइरसको महामारी सुरू भएको १० महिनामा विश्वभर ४ करोड ४७ लाखभन्दा बढीमा संक्रमण भएको छ । वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख २ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै संक्रमितको संख्या ४ करोड ४७ लाख ३९ हजार ९१७ पुगेको छ । संक्रमितमध्ये ८१ हजार १६६ जनाको अवस्था गम्भीर छ । यस्तै पछिल्लो २४ घण्टामा ७ हजार १०४ जनाको मृत्यु भएको छ । योसँगै विश्वभर

फिफा अध्यक्ष इन्फान्टिनोलाई कोरोना संक्रमण

एजेन्सी- विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोलाई कोरोना भाईरसको संक्रमण भएको छ । फिफाले मंगलबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष इन्फान्टिनोलाई कोरोना भाईरसको संक्रमण भएको जनाएको छ । ५० वर्षीय इन्फान्टिनोलाई कोरोनाको सामान्य लक्षणहरु देखिएको र सेल्फ आइसोलेसनमा रहेको फिफाले जनाएको छ । ‘अध्यक्षलाई सामान्य लक्षण देखिएकाले सेल्फ आईसोलेसनमा बसेका उनी कम्तिमा १० दिन क्वारेन्टिनमा रहने छन्,’  फिफाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । फिफाले अध्यक्ष इन्फान्टिनोको स्वास्थ्यलाभको

अस्ट्रेलियाको टापुमा अलपत्र परेका कम्तीमा ३८० वटा ह्वेलको मृत्यु

बीबीसी।  अस्ट्रेलियाको तास्मानिया द्वीपमा अलपत्र परेका करिब ३८० वटा ह्वेलको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। यो अस्ट्रेलियामा अलपत्र परेका ह्वेलहरूको सर्वाधिक सङ्ख्या हुनसक्ने जनाइएको छ। सोमवारदेखि उक्त द्वीपको पश्चिमी तटमा सयौँको सङ्ख्यामा पाइलट ह्वेल कम पानी भएको स्थाननजिक अड्किएका छन्। बुधवारसम्म उद्धारकर्ताहरूले ५० वटा ह्वेल बचाउन सफल भएका छन् भने थप ३० लाई बचाउन उनीहरू लागि परेका छन्। तास्मानियाका अधिकारीहरूले “प्राणी जीवित रहेसम्म” उद्धार कार्य जारी रहने बताएका छन्। “पानीमा